default_image

3 years ago

April 7, 2023

बार्सिलोनाका डिफेन्डर भन्छन् ‘भिनिसियस अझै उत्कृष्ट बन्ने छन्’

276 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड एराउजोले स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली विंगर भिनिसियस जुनियर अझै उत्कृष्ट खेलाडी बन्न सक्ने बताएका छन् ।

भिनिसियस अझै उत्कृष्ट खेलाडी हुनको लागि उनले आफ्नो व्यवहार सुधार्दै फुटबलमा नै समर्पित हुनुपर्ने बताएका हुन् । बुधबार राति भएको कोपा डेल रेको ‘एल क्लासिको’ पछि एराउजोले बार्सिलोनाका समर्थक र बार्सिलोनाका खेलाडीहरुप्रतिको व्यवहारको लागि भिनिसियस जुनियरको चर्काे आलोचना समेत गरे ।

उरुग्वेली एराउजोले रियल म्याड्रिडका स्टारलाई फुटबल खेल्न र खेलसँग सम्बन्धित नहुने सबै कुरा बिर्सन सल्लाह दिए । ‘म सधैं सबै प्रतिद्वन्द्वीहरूलाई सम्मान गर्ने प्रयास गर्छु, तर आज भिनिसियसले बार्सिलोनाका समर्थक र टोलीका साथीहरूसँग गरेको व्यवहारले म अलि निराश भएँ ’ एराउजोले भने, ‘यदि भिनिले आफूलाई फुटबल खेल्नमा मात्र्र समर्पित गर्छन् भने उनी अझ राम्रो खेलाडी हुनेछन्। म दोहो¥याउँछु, म निराश भएँ, तर यो फुटबल हो ।’

स्पोटिफाइ क्याम्प नोउमा बुधबार राति कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा कप्तान करिम बेन्जेमाले ह्याट्रिक पूरा गर्दा रियल ४–० ले विजयी भएको हुँदै समग्रमा ४–१ को जितसहित फाइनलमा पुग्न सफल भएको थियो । उक्त खेलमा भिनिसियसले एक गोलसँगै थप दुई गोलमा आफु संलग्न गराएका थिए । खेलमा भिनिसियस र एराउजोबीचको टसल हेर्न लायक बनेको थियो ।

यसैबीच, एराउजोले कोपा डेल रेमा रियल म्याड्रिडको हातबाट पराजित भएपनि ला लिगामा बार्सिलोनामाथि असर नपर्नेमा जोड दिए । बार्सिलोना स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको छ । बार्सिलोना रियल भन्दा १२ अंकले अघि छ ।

‘म दु:खी छु किनभने हामी कोपा डेल रेको फाइनलमा पुग्न सकेनौं र फ्यानहरूलाई केही आनन्द दिन सकेनौं ’ एराउजोले थपे, ‘हामीले पहिलो हाफमा उत्कृष्ट खेल्दा पनि यो राम्रो हुन सकेन । यो बार्सिलोनाको लागि ठुलो हार हो किनभने रियल हाम्रो कट्टर प्रतिद्वन्द्वी हुन् । म सकारात्मक सोच्ने गर्छु । अब हामीले आफ्नो मानसिकता परिवर्तन गरेर ला लिगामा जानुपर्छ ।’

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.