3 years ago
April 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बूले भारतको शीर्ष डिभिजन लिग इन्डियन वुमन्स लिग (आइडब्लूएल) खेल्ने भएका छन् । दुवैलाई नव प्रवेशी क्लब किक स्टार्ट फुटबल क्लबले अनुबन्ध गरेको हो ।

नेपाल एपिएफ क्लबबाट सँगै खेल्दै आएका दुवै हाल राष्ट्रिय टोलीमा रहेका छन् । राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी रेनुकाले चोटका कारण नेपालमा भदौमा भएको साफ महिला च्याम्पियनसिप गुमाएकी थिइन् । त्यसपछि उनले टोलीमा पुनरागमन गरेपनि प्रशिक्षक अनन्त राज थापाको रोजाइमा पर्न सकेकी छैनन् ।
रेनुकाले भियतनामविरुद्ध दशरथ रंगशालामा भएको पहिलो खेलमा अवसर पाएकी थिइनन् । रेनुका नेपाली टोलीमा हाल रहेका खेलाडीमध्य सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले २०१० मा भएको साफ महिला च्याम्पियनसिपमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् ।

सरुले भने पूरा समय मैदानमा बिताउँदै नेपालको एकमात्र गोलमा असिस्ट समेत दिएकी थिइन् । सरुले भने सन् २०१६ मा डेब्यु गरेकी थिइन् । उनी त्यसयता नियमित रुपमा खेल्दै आएकी छिन् ।

यसअघि नयाँ सिजनका लागि गीता राना र एन्जिला तुम्बापो सुब्बा सेथुमा अनुबन्धित भएपनि लिग स्थगित हुँदा खेल हुन सकेन । त्यसयता गीता चोटका कारण मैदानबाहिर छिन् । गोकुलम केरलाले सावित्रा भण्डारीलाई टोलीमा राख्दा दिपा शाहीले पनि लर्ड्स एफएबाट लिग खेल्दैछिन् ।
यसपटक १६ टोली सम्मिलित लिग २५ अप्रिलबाट सुरु हुँदैछ । सहभागी टोलीलाई ८-८ टोलीको दुई समूहमा विभाजन गरिएको छ । दिपा अनुबन्धित लर्ड्स र सावित्राको गोकुलम दुवै केरला लिगमा खेल्ने गर्छन् ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]