default_image

3 years ago

April 8, 2023

बर्नले प्रिमियर लिगमा बढुवा

426 views

0 Bookmark

एजेन्सी – बर्नले रेलिगेसनमा परेको एक सिजनपछि नै इंग्लिस प्रिमियर लिगमा बढुवा हुन सफल भएको छ । च्याम्पियनसिपमा मिडल्सब्रगलाई २–१ ले पराजित गर्दै बर्नले ७ खेल बाँकी छँदै प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो ।

बर्नले गत सिजन १८औं स्थानमा रहँदै रेलिगेसनमा परेको थियो । रिभरसाइड स्टेडियम मिडल्सब्रगमा शुक्रबार राति भएको खेलमा बर्नलेको जितमा एस्ले बार्नेस र कोनर रोबर्ट्सले गोल गरे । घरेलु टोली मिडल्सब्रगका चुवा अकपोमले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा एस्ले बार्नेसको गोलबाट बर्नलेले १–० को अग्रता लिन सफल भएको थियो । उनले जोश ब्राउनहिलको पासलाई सदुपयोग गरेका थिए । ४८औं मिनेटमा चुवाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६६औं मिनेटमा कोनर रोबर्ट्सले नाथन टेलाको पासमा गोल गर्दै बर्नलेको जित पक्का गर्दै टोलीलाई प्रिमियर लिगमा बढुवा गराए । यस जितले शीर्षस्थानमा रहेको बर्नलेको ३९ खेलबाट ७ अंक पुगेको छ । अब बर्नले आफ्नो सबै ७ खेलमा पराजित भएपनि तेस्रो स्थानमा रहेको लुटनले भेट्ने छैन ।

लुटनको ४० खेलबाट ६८ अंक छ । बर्नलेसँगको हारसँगै मिडल्सब्रगको शीर्ष डिभिजनमा बढुवा हुने सम्भावना न्युन बनेको छ । दोस्रो हार बेहोरेको मिडल्सब्रग ४० खेलबाट ६७ अंक जोडेर चौथो स्थानमा रहेको छ । अब एक टोली शीर्ष डिभिजनमा बढुवा हुनेछ ।

प्रिमिर लिग क्लब म्यानचेस्टर सिटीका बेल्जियन पुर्व डिफेन्डर भिन्सेन्ट कोम्पनीले आफ्नो प्रशिक्षणमा बर्नलेलाई प्रिमियर लिगमा पुनः बढुवा गराउन सफल भए । बेल्जियन क्लब एन्डरलेक्टबाट प्रशिक्षण करिअर सुरु गरेका ३६ वर्षीय कोम्पनी सन् २०२२ मा बर्नलेको मुख्य प्रशिक्षक बनेका थिए ।

गत नोभेम्बरदेखि च्याम्पियनसिपमा अपराजित रहेको बर्नले अक्टोवरदेखि शीर्षस्थानमा उक्लदै त्यसलाई निरन्तरता दिन सफल भएको थियो । अब बर्नलेलाई उपाधि सुरक्षित गर्न अन्तिम सात खेलबाट केवल ११ अंकको खाँचो छ ।

अब ७ खेलबाट १३ अंक जोड्न सके बर्नले सन् २०१३–१४ को सिजनमा लेस्टर सिटीले पु¥याएको १०० अंकको कीर्तिमानलाई भेट्नेछ । बर्नले दोस्रो स्थानको सेफिल्ड युनाइटेडभन्दा ११ अंकले अघि छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.