9 years ago
January 4, 2017
लन्डन (एजेन्सी)– अन्तिम २० मिनेटमा तीन गोल फर्काएपछि आर्सनल गए राती प्रिमियर लिगमा हारबाट जोगिएको छ । उपाधि दौडमा रहेको आर्सनलले बोर्नमाउथसँग ३–३ को बराबरी खेलेको हो ।

बोर्नमाउथले १५ मिनेटमै १–० को अग्रता लिएको थियो भने रायन फ्रसेरले दोस्रो हाफको १३ औ मिनेटमा अर्को गोल थपेका थिए । ७० औं मिनेटमा एलेक्स सान्चेजले हेडमार्फत गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरेका थिए भने त्यसको पाँच मिनेटपछि परिवर्तित खेलाडी लुकास पेरेजले भलीमा गोल गर्दै गोलअन्तरलाई ३–२ मा पुर्याएका थिए ।
८३ औं मिनेटमा आरोन रामसेलाई फाउल हान्दा सिमोन फ्रेन्सिसले रातो कार्ड पाएपछि बोर्नमाउथ १० खेलाडी सिमित भएको थियो । एक खेलाडी कम भएको फाइदा उठाउन आर्सनल सफल पनि भयो । लगातार दबाब दिएको आर्सनलका लागि इन्जुरी समयको दोस्रो मिनेटमा ओलिभर जिर्राउडले बराबरी गोल फर्काए र टोलीको सम्भावित हारलाई टारे । चार्लिन डानियल्सको गोलमा बोर्नमाउथले १५ औं मिनेटमा अग्रता लिएको थियो भने कालुम विल्सनले २० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अन्तरलाई दोब्बर पारेका थिए ।
प्रिमियर लिगका अन्य दुई खेलमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसलाई २–१ ले र स्टोक सिटीले वाटफोर्डलाई २–० ले हराएको छ । खेल सकिनु दुई मिनेटअघि एन्जेल रानगेलको गोलमा स्वान्सी विजयी भएको थियो त्यसअघि अलफि माउसनको गोलबाट ४२ औं मिनेटमा स्वान्सीले अग्रता लिएको थियो भने ८३ औं मिनेटमा क्रिस्टल प्यालेसका विलफ्रान्इड जाहाले बराबरी गोल फर्काएका थिए । पहिलो हाफमा रायन स्वक्रस र पिचर क्रचले दोस्रो हाफमा गोल गरेपछि स्टोक विजयी भएको थियो ।
चौथो स्थानमा रहेको आर्सनल शीर्षस्थानका चेल्सी भन्दा अझै ८ अंकले पछाडी छ । आर्सनलले २० खेलमा ४१ अंक जोडेको छ भने एक खेल कम खेलेको चेल्सीको ४९ अंक छ । दोस्रो स्थानको लिभरपुलको ४४ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको ४२ अंक छ । २५ अंकसहित बोर्नमाउथ नवौं स्थानमा छ । अंक तालिकामा स्टोक ११ औं र स्वान्सी पुछारबाट दोस्रो (१९ औं) स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]