3 years ago
April 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्य रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेका छन् ।

गत सिजन पर्सिजा जकार्ता छाडेर केदिरी पुगेका रोहितले यस सिजन क्लबका लागि महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । सन् २०१८ मा पर्सिजा जकार्तालाई पहिलो पटक लिग उपाधि दिलाउँदा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहितले सामाजिक संजालमार्फत सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गरिएको जानकारी दिए ।
पर्सिक केदिरीले यस सिजन ११ औं स्थानमा रहेर लिग अन्त्य गरेको थियो । टोलीले ३४ खेलमा ९ जित र १२ बराबरका साथ ३९ अंक जोडेको हो । बाली युनाइटेडले लिग उपाधि भने ७५ अंक जोड्दै जित्यो । रोहितको पूर्व टोली पर्सिजा जकार्ता ३४ खेलमा ४५ अंकसाथ आठौं स्थानमा रहयो ।
रोहितले पर्सिजाका लागि ५ वर्षमा झन्डै डेढ सय खेल खेलेका थिए । सन् २०२२ मा केदिरी आएयता पनि उनी लगातार मुख्य रोजाइमा रहँदै आएका छन् । रोहितले गत महिना नेपालले थ्री नेसन्स कपको उपाधि जित्दा डिफेन्समा बलियो उपस्थिति जनाएका थिए । क्लबमा भने उनी मिडफिल्डमा खेल्ने गर्छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]