default_image

3 years ago

April 16, 2023

हालान्ड चम्कँदा सिटीको सहज जित

336 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्ड चम्कँदा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

सिटीले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याएको हो । सिटीको जितमा हालान्डले दुई गोल गर्दा जोन स्टोन्सले एक गोल गरे । लेस्टरका केलिची इहानाँचोले एक गोल फर्काए ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा शनिबार राति भएको खेलको पाँचौं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले रोड्रीको पासमा गोल गर्न सफल भएका थिए ।

१३औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । २५औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी खेलमा ३–० ले अघि बढ्यो । उनले केभिन डि ब्रुएनाको पासलाई सदुपयोग गरे ।

७५औं मिनेटमा केलिचीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ३ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ७० अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ७३ अंक छ । पराजित लेस्टर ३१ खेलबाट २५ अंक जोडेर १९औं स्थानमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.