default_image

9 years ago

January 4, 2017

कीर्तिमानभन्दा तीन अंक महत्वपूर्ण – चेल्सी प्रशिक्षक कोन्टे

120 views

0 Bookmark

लन्डन (एन्जेसी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीका प्रशिक्षक एन्टेनियो कोन्टेलाई कीर्तिमान भन्दा पनि जितसँग बढी मतलब छ । चेल्सीले आज राती टोटेनह्यामसँग खेल्दा तीन अंकमै बढी केन्द्रित हुने कोन्टेले दाबी गरेका छन् ।

costa
प्रिमियर लिगमा लगातार १३ खेल जित्दै चेल्सी अंकतालिको शीर्षस्थानमा मजबुद अवस्थामा रहेको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानसँग बराबरी गरेको चेल्सीले आजको खेल जितेमा लगातार १४ जितको नयाँ कीर्तिमान बनाउने छ ।

conte

तपाई र खेलाडीले नयाँ कीर्तिमानका लागि केही सोच्नु भएको छ भन्ने प्रश्नको जवाफमा कोन्टेले भने, ‘म, खेलाडी हामी सबैको एउटा चाहना भनेको तीन अंक प्राप्त गर्नु हो । लगातार १३ खेलमा सफल भएर ३९ अंक जोड्ने कीर्तिमान राख्नु आफैमा ठूलो उपलब्धि हो । अरु विषयमा हाम्रो लागि धेरै महत्वपूर्ण छैन । यस्तो खेलले हाम्रो मनोबल बढाउँछ । टोटेनह्याम मात्र होइन सबै टोली हामीलाई रोक्न चाहन्छन् ।’

चेल्सी र टोटेनह्यामबीचको खेल नेपाली समयअनुसार बिहीबार बिहान १ः४५ मा सुरु हुनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.