3 years ago
April 17, 2023
काठमडाौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

च्यासल रंगशालामा सोमबार भएको खेलमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा चर्च ब्वाइजले पकड जमाएपनि थ्री स्टारको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो । थ्री स्टारले रक्षात्मक रणनीति अपनाएर चर्चसँग अंक खोस्न सफल भयो ।
खेलको चौथो मिनेटान गगनदीप सिहंको पेनाल्टी बक्स बाहिरको प्रहारलाई थ्री स्टारका गोलरक्षक मोहम्मद ताहाले डाइभ दिदै बचाउँदा चर्च ब्वाइज अग्रता लिनबाट चुक्यो ।
२४औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक ताहाले पञ्च गर्दै बचाए । ३६औं मिनेटमा आषिश चौधरीको प्रहार पहिलो बार च्याप्दै थोरैले बाहिरिदा चर्च ब्वाइज अग्रता लिनबाट चुक्यो । पिटर सेगुनको गलत पासलाई आशिषले नियन्त्रणमा लिएपनि फिनिस गर्न सकेन ।
४१औं मिनेटमा बेम्पाहको प्रहारमा पुनः गोलरक्षक ताह नै बाधक बने । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहलिो मिनेटमा आशिष चौधरीको प्रहारलाई पिटर सेगुनले ब्लक गर्दै थ्री स्टारको संकट टारे । लगत्तै कर्नरमा कप्तान अनन्त तामाङले हेडरलाई भेट्न सकेन ।
दोस्रो हाफमा दुवै टोलीबाट उल्लेख्य आक्रमण हुन सकेन । ७६औं मिनेटमा मिलन राईको प्रहारलाई गोलरक्षक ताहाले पञ्च गर्दै बचाए । ८९औं मिनेटमा दिपेश गुरुङको पेनाल्टी बक्सबाहिरको फ्रिकिक क्रसबारबाट थोरै बाहिरिदा थ्री स्टारले अग्रता लिन सकेन ।
यस बराबरीसँगै दुवै टोलीको मिान ९ खेलबाट १५ अंक पुगेको छ । चर्च ब्वाइज १५ अंक जोडेर तेस्रो स्थानमा उक्लदा गोल अन्तरमा पछि रहेको थ्री स्टार छैटौं स्थानमा छ । समान १५ अंक नै रहेको मनाङ चौथो तथा संकटा पाँचौं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]