3 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यूरोड टिम एनआरटीले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा विजय प्राप्त गरेको छ ।

च्यासल फुटबल मैदानमा भएको खेलमा एनआरटीले एपिएफ फुटबल क्लबलाई १-० ले हराएको हो । सन्जिव विष्टको गोल खेलमा निर्णायक बनेको थियो । खेलको ७९ औं मिनेटमा सन्जिवले गोल गरेका थिए ।
जारी लिगमा एनआरटीको यो तेस्रो जित हो । ११ खेलमा १३ अंक जोडेको एनआरटी १० औं स्थानमा छ । विभागिय टोली एपिएफको यो लिगमा पाँचौं हार हो । आठौं स्थानमा रहेको एपिएफको १४ अंक छ ।
शुक्रबार नै सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा अर्का दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र जारी लिगमा कमजोर प्रदर्शन गर्दै आएको नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन्।
दुबै मैदानमा दोस्रो हाफको खेल चलिरहँदा हुरीबतास आएपछि झन्डै ४५ मिनेट खेल रोकिएको थियो।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]