default_image

9 years ago

January 5, 2017

सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा पञ्जाबको जित

197 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकपको बिहीबारको उद्घाटन खेलमा भारतको पञ्जाब फुटवल क्लब विजयी भएको छ । धनगढी रंगशालामा नेपालगज ११ लाई ३–२ ले हराउँदै पञ्जाव दोस्रो चरणमा पुगेको छ ।

khaptad

पञ्जाबका लक्कीले २ र रिमीले १ गोल गरे । नेपागंजका लागि विक्रम सिंह ठकुरीले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पायो । खेलको म्यान अफ द म्याच पञ्जाबका गोलरक्षक गु्रजित सिंह भए । सुदुरपश्चिम फुटवल क्लबको आयोजनामा भएको गोल्डकपको उद्घाटन सांसद पुष्करनाथ ओझाले गरेका थिए ।

kfc

माघ १ गतेसम्म चल्ने गोल्डकपमा नेपालका ए डिभिजन, भारत तथा भुटानको १/१ गरी १२ टोलीको सहभागिता रहेको आयोजक समितीका संयोजक सुरेश हमालले जानकारी दिए । गोल्डकप विजेताले रु ५ लाख रुपैयाँ र दोस्रो हुने खेलाडीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार वापत पाउनेछ ।

सुदुरपश्चिम खप्तड गोल्डकपमा शुक्रबार
वेष्ट काठमाण्डौविरुद्ध डुक स्टार भुटान

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.