default_image

5 months ago

April 30, 2023

संकटासँग जावलाखेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लब संकटा क्लबसँग बराबरीमा रोकिएको छ । जावलाखेल संकटासँग १–१ गोलको बराबरीमा रोकिएको हो । जावलाखेलका फोडे फोफानाले गोल गर्दा संकटाले निशान खड्काले बराबरी गोल फर्काए । च्यासल रंगशालामा शनिबार नै हुनुपर्ने खेल भारी वर्षाका कारण हुन नसकेपछि […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लब संकटा क्लबसँग बराबरीमा रोकिएको छ ।

जावलाखेल संकटासँग १–१ गोलको बराबरीमा रोकिएको हो । जावलाखेलका फोडे फोफानाले गोल गर्दा संकटाले निशान खड्काले बराबरी गोल फर्काए ।

च्यासल रंगशालामा शनिबार नै हुनुपर्ने खेल भारी वर्षाका कारण हुन नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाँकी समयको खेल आइतबार एन्फा कम्प्लेक्सको खेल मैदानमा गराएको थियो । तर, जावलाखेलले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।

खेलको ३३औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाएका थिए । ७३औं मिनेट निशान खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

मनिष डाँगीको ब्याक पासलाई निशानले गरेको क्रस दोस्रो बारको टप कर्नरमा गोलमा परिणत हुँदा जावलाखेलका गोलरक्षक अनिल देउलाले बचाउने कुनै अवसर नै पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै शीर्षस्थानमा रहेको जावलाखेलको १३ खेलबाट २४ अंक पुगेको छ । जावलाखेल दोस्रो स्थानको थ्री स्टारभन्दा २ अंकले अघि छ । थ्री स्टारको २२ अंक छ । जावलाखेललाई रोकेको संकटा १६ अंक जोडेर आठौं स्थानमा छ ।

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

September 22, 2023

आयोजक चीनको १६ गोल!

हाङ्गचौ (हाम्रो खेलकुद) – आयोजक चीनले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको समूह ए मा मंगोलियालाई १६-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह चरणको पहिलो खेल खेलिरहेको चीनले दुवै हाफमा ८-८ गोल गर्दै मंगोलियामाथि सानदार जित दर्ता गरेको हो । चीनको जितमा फरवार्ड वांग शुआंग एक्लैले ५ गोल गरिन् । त्यसबाहेक जिनजिन […]

September 22, 2023

नागल्सम्यान जर्मनीको प्रशिक्षक नियुक्त

एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]

Success

Thank you for your time.