3 years ago
May 3, 2023
एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध बनेको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु टोली रियल सोसिडाडसँग २–० ले स्तब्ध बनेको हो ।

रियललाई स्तब्ध पार्न रियलकै पुर्व खेलाडी ताकेफुसा कुवो र एन्डर ब्यारेनेटक्सियाले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
रियाले एरिना स्पेनमा मंगलबार राति भएको खेलमा रियल आफ्नो मुख्य खेलाडी कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर, मिडफिल्डर लुका मोड्रिक र सेन्टर ब्याक डेभिड अलाबाविना नै मैदान उत्रदा टोलीले दवाव खेपेको थियो ।
पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन सकेन । ४७औं मिनेटमा कुवोले आफ्नै पुर्व क्लबविरुद्ध गोल गर्दै सोसिडाडलाई १–० को अग्रता दिलाए । एडर मिलिसाओको ब्याक पासलाई गोलरक्षक थिवाउट कोर्टुवाले नियन्त्रणमा लिने प्रयास गरेपनि असफल हुँदा नजिकै रहेका कुवोले सहजै जाली चुमाए ।
६१औं मिनेटमा रियल १० खेलाडीमा सेमटिन पुग्यो । ९ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै डिफेन्डर ड्यानी कार्भाजल मैदानबाट बाहिरिएपछि रियल थप समस्यामा पर्यो ।
त्यसपछि ८५औं मिनेटमा परिवर्तित खेलाडी एन्डर ब्यारेनेटक्सियाले गोल गर्दै रियललाई २–० ले स्तब्ध पारे । ७४औं मिनेटमा पहिलो गोलकर्ता कुवोको स्थानमा मैदान छिरेका एन्डरले डेभिड सिल्भाको पासमा गरेको प्रहार पहिलो बार च्याप्दै गोलमा परिणत भएको थियो ।
यस हारले रियल म्याड्रिडको स्पेनिस ला लिगाको उपाधि पुनः जित्ने सम्भावना पातलिएको छ । यो हारले कार्लो एन्सेलोटीको टोली बार्सिलोनासँग १४ अंकले पछि परेको छ ।
अब ला लिगामा पाँच खेल मात्र बाँकी छ । रियलको ३३ खेलबाट ६८ अंक छ । शीर्षस्थानको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक छ । रियललाई हराएको रियल सोसिडाड ३३ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा यथावत छ ।
मंगलबार राति नै बार्सिलोनाले जोर्डी अल्बाको गोलमा १० खेलाडीमा समेटिएको ओसासुनालाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको छ ।
ला लिगाको उपाधि पहुँचबाट लगभग टाढिएको रियलले अब ६ मेमा कोपा डेल रेको फाइनलमा ओसासुना र त्यसको तीन दिनपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
यस्तै अल्मेरियासँग २–१ ले पराजित भएसँगै इल्चे रेलिगेसनमा परेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]