3 years ago
May 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड स्टेफन समिर विनोङको ह्याट्रिक सहयोगमा एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा जावलाखेल युथ क्लबमाथि सानदार जित दर्ता गरेको छ ।

खुमलटारले शीर्षस्थानको जावलाखेलमाथि ४–२ को सानदार जित दर्ता गरेको हो । खुमलटारको जितमा स्टेफनले ह्याट्रिक पूरा गर्दा मेसुके ओलोमोउले एक गोल थपे । जावलाखेलका विनोद केसीले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलको २०औं मिनेटमा स्टेफनको गोलबाट खुमलटारले १–० को अग्रता लिन सफल भएको थियो । मेसुकेको पासलाई स्टेफनले नियन्त्रणमा लिदै एक डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
४३औं मिनेटमा रोहित सुब्बाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो । कर्नरबाट आएको बलमा घम्साघम्सीबीचबाट एनकोटो मसोएबीको प्रहार रोहित सुब्बालाई लाग्दै गोलमा परिणत भएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा स्टेफनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खुमलटारलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । राजीव लोप्चनको क्रस पासलाई नियन्त्रणमा लिदै स्टेफनले एक डिफेन्डरलाई बिट गर्दै पहिलो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।
५१औं मिनेटमा स्टेफनले ह्याट्रिक पूरा गर्दा खुमलटार ३–१ ले अघि बढ्यो । जारी लिगमा स्टेफन ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि मछिन्द्रका ओलावाले ओलाडिपो अफिजले ह्याट्रिक पूरा गरेका थिए । मेसुकेको क्रस पासलाई उनले अघि बढ्दै वान टचमा गोल गर्न सफल भएका थिए ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा विनोल केसीले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । फ्रिकिकबाट आएको बललाई एनकोटोले हेडरमार्फत मिलाइदिएको हेडर पासलाई विपिन कँडेलको प्रहारलाई विनोले फाइनल टच दिए ।
इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ को सानदार जित दिलाए । यस जितसँगै खुमलटार १५ खेलबाट १७ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ ।
पराजित जावलाखेलले शीर्षस्थानमा आफ्नो अग्रता बढाउने अवसर गुमाउँदा १५ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा यथावत् छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]