3 years ago
May 6, 2023
एजेन्सी – अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेका छन् ।

मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी भ्रमण गरेको भन्दै दुई साताको निलम्वन गरिसकेको छ । क्लबले दुई साताको निलम्वन गरेपछि मेस्सीले क्लब र क्लबका सहयात्रीसँग क्लबको अनुमतिविनै साउदी भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेको बताइएको छ ।
साउदी भ्रमण लगत्तै गत साताको आइतबार लोरिएन्टसँग ३–१ ले पराजित भएको खेलमा मेस्सीले पुरै समय खेलेपनि आशातित प्रदर्शन गर्न सकेको थिएन ।
मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचे कि हामीले खेल पछिको दिन बिदा लिनेछौं जुन अघिल्लो हप्ताहरूमा भएको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले रद्ध गरिसकेको थिए । तर, यसपटक सकिन ।’
पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारी छ । क्लबलाई जरिवानासमेत तिरेका ३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् ।
पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले मेस्सीको निलम्बनसँग आफ्नो केही सरोकार नभएको बताएका छन् । लियोको निलम्बनले खराब प्रदर्शनमा थपिएको छ, हामी त्यसलाई लकाउन सक्दैनौं ।’ गाल्टिएरले भने, ‘क्लबको निर्णयमा मेरो कुनै सरोकार थिएन । मलाई निर्णयको बारेमा जानकारी दिइएको थियो । म यो सुखद अवधि हो भन्न सक्दिन ।’
पाँच खेल खेल्न बाँकी रहँदा पिएसजी लिग वानको शीर्ष स्थानमा छ । टोली च्याम्पियन्स लिग र फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ । लोरिएन्टसँगको हारपछि समर्थकले समेत क्लबको विरोध गरेको थियो ।
क्लबका समर्थकले ब्राजिलियन फरवार्ड नेयमारको घरबाहिर जम्मा भएर उनलाई क्लब छाड्न आग्रह गरेका थिए । ३१ वर्षीय नेयमार वर्षीया घुँडाको चोटका कारण बाँकी कारणले बाहिर छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]