3 years ago
May 7, 2023
एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल म्याडिङ ९ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।

सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । कोपा डेल रेमा रियल समग्रमा २०औं पटक च्याम्पियन बनेको हो ।
रियललाई उपाधि जिताउन ब्राजिली यवा विंगर रोड्रिगोले दुवै गोल गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । खेलको १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।
उनले अर्का ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए । कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि यति छिटो गोल भएको थियो ।

५८औं मिनेटमा लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाएर च्याम्पियन बनाए । रियलसँगको हारसँगै ओसासुना क्लबको १०३ वर्षको इतिहासमा पहिलो उपाधिबाट वञ्चित बन्यो ।
रियलले यसअघि सन् १९०५, १९०६, १९०७, १९०८, १९१७, १९३४, १९३६, १९४६, १९४७, १९६२, १९७०, १९७४, १९७५, १९८०, १९८२, १९८९, १९९३, २०११ र २०१४ कोपा डेल रेको उपाधि जितेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]