default_image

9 years ago

January 6, 2017

काँकरभिट्टा गोल्ड कप: झापा र एपिएफ उपाधिका लागि भिड्दै

123 views

0 Bookmark

काँकरभिट्टा(हाम्रोखेलकुद)- जारी काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि शनिबार एपीएफ र झापा ११ बीच फाइनल खेल हुँदैछ । धेरै मोफसल प्रतियोगिताको फाइनल एक आपसमा खेलिसकेका यी दुइ टोलिबिचको खेल प्रतिस्प्रधात्मक हुने देखिएको छ ।  

apf-and-jhapa-to-fight-for-kakarvitta-gold-cup

भर्खरै सम्पन्न भनेको ७औ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफको टिम हेटौंडामा जारी हेटौंडा अन्तराष्ट्रिय गोल्ड कपको पहिलो खेलमै पराजित भएपछी मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिता खेल्न आफ्ना पाँच सुरुआती खेलाडी बिनानै काँकरभिट्टा पुगेको हो । आफ्ना प्रमुख दुइ फर्वार्ड अन्जन र रन्जन बिनानै पहिलो खेलमा सकंटा र दोस्रो खेलमा आयोजक टोली काँकरभिट्टा फूटबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो ।  आफ्नो टिम स्तरीय रहेको बताउदै एपीएफका प्रशिक्षक रत्नकाजी मर्हजनले भने,’ नियमित प्रशिक्षणहरु भइरहेका छन् सेट धेरै मिलेकाले पनि आफ्नो टिमले यो उपाधि समेत उचाल्ने दाउमा छौ ।’

yepiyef-vs-jhapa

यता रमपम झापा ११ जुनुकै हालतले पनि यो उपाधि जित्ने जोडतोडमा छ । यो सिजनको पहिलो गोल्डकप साहारा सुरुङ्गा गोल्डकप प्रतियोगितामा एपीएफ संग ट्राइब्रेकरमा  पराजित बनेको रमपम झापा ११ ले त्यसको बद्ला लिन पनि यो प्रतियोगिता जित्नु पर्ने दवाव छ । ‘हामी नयाँ रणनीतिसहित मैदान प्रवेश गर्ने छौ’ रमपम झापा ११ का व्यवस्थापक गोपाल राईले भने —‘ हामी निर्धारीत समयमै स्कोर निकाल्छौ, अन्य खेलाडी थप्नु परे पनि मैदान उतार्छौ गोलरक्षक अलि अनुभवी नभएका कारण हामीले पराजय भोग्नु पर्छ कि भन्ने छ तर, हामी त्यसो हुन दिदैंनौ ।’

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.