default_image

3 years ago

May 16, 2023

सलाह चम्कँदा लिभरपुलको सहज जित

236 views

0 Bookmark

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहको ह्याट्रिक असिस्ट मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पार्दै शीर्ष चारको सम्भावना बलियो बनाएको छ ।

लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित हात पार्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको हो । किङ पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जितमा कर्टिस जोन्सले दुई तथा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले एक गोल गरे । तीनै गोलमा मोहम्मद सलाहले असिस्ट प्रदान गरे ।

खेलको ३३औं मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलले १–० को अग्रता लिन सफल भयो । उनले सलाहको पासमा गोल गर्न सफल भए । ३६औं मिनेटमा कर्टिस जोन्सले सलाहकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि लिभरपुल पहिलो हाफमा २–० ले अघि बढ्यो ।

त्यसपछि ७१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले गोल गर्दै लिभरपुलको जित पक्का गरे । आर्नाेल्डले सलाहकै पासमा गोल गर्न सफल भएका थिए । यस खेलमा सलाहले गोल गर्न नसकेपनि ह्याट्रिक असिस्ट दिए ।

यस जितसँगै पाँचौं स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ६५ अंक पुगेको छ । पराजित लेस्टरलाई भने रेलिगेसनको दवाव बढेको छ । लेस्टर ३६ खेलबाट ३० अंक जोडेर १९औं स्थानमा छ । साउथह्यामटन रेलिगेसनमा परिसक्दा लेस्टरसँगै नटिङहम फरेस्ट, एभर्टन र लिड्समध्येबाट दुई टोली रेलिगेसनमा पर्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.