3 years ago
May 16, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडका पूर्व प्रशिक्षक मार्सेलो बिएल्सा उरुग्वेको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

उरुग्वेले सोमबार ६७ वर्षीय बिएल्सालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । गत नोभेम्वर र डिसेम्वरमा कतारमा भएको फिफा विश्वकप २०२२ मा समूह चरणबाटै बाहिरिएपछि तत्कालिन मुख्य प्रशिक्षक डिएगो अलोन्सोले राजीनामा दिएपछि मार्सेलो ब्रोली फेब्रुअरीदेखि उरुग्वेको अन्तरिम मुख्य प्रशिक्षक बनेका थिए ।
बिएल्सा पनि २०२२ को फेब्रुअरीमा लिड्सबाट बर्खास्तीमा परेपछि जागिरविहीन बनेका थिए । उनलाई अनुबन्ध गर्न बर्नमाउथ र एभर्टनले पनि प्रयास गरेका थिए ।
बिएल्सा सन् २०१८ मा लिड्सको मुख्य प्रशिक्षक बनेका थिए । लिड्सलाई १६ वर्षपछि प्रिमियर लिगमा बढुवा गराएपनि उनी क्लबका समर्थकमाझ लोकप्रिय छन् ।
प्रिमियर लिगमा जानुअघि उनले फ्रान्स, इटाली, स्पेन र अर्जेन्टिनाका पनि प्रशिक्षक बनिसकेका छन् । साथै उनी २००७ देखि २०११ मा चिलीका मुख्य प्रशिक्षक बनेका थिए ।
उनले अर्जेन्टिनाको न्युवेल वल्ड ब्वाइज, अमेरिकी क्लब, स्पेनिस क्लबसँगै फ्रान्सेली क्लबमा पनि प्रशिक्षण सम्हालिसकेका छन् । उरुग्वे फिफाको विश्व वरियतामा १६औं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]