default_image

3 years ago

May 16, 2023

पुलिसले एपिएफलाई हरायो

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । पुलिसले एपिएफलाई १–० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसको जितमा दोस्रो हाफमा विदेशी फरवार्ड मोसेसले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस विजयी हुन सफल भयो ।

प्रतिस्पर्धात्मक खेलको ६१औं मिनेटमा मोसेसले गोल गर्न सफल भएका थिए । यस महत्वपूर्ण जितसँगै पुलिसले रेलिगेसन क्षेत्र छाडेको छ । यस जितसँगै पुलिसले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । पहिलो राउन्डमा पुलिस २–० ले पराजित भएको थियो ।

पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित एपिएफको पनि समान खेलबाटै २२ अंक रहेपनि हेड टु हेडमा पछि रहँदै ११औं स्थानमा छ । पाँच टोलीको समान २२ अंक छ । आर्मी सातौं स्थानमा रहँदा मनाङ र एनआरटी आठौं र नवौं स्थानमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.