3 years ago
May 17, 2023
हिमाल खरेल, बिर्तामोड
झापाको बिर्तामोडमा जारी तेस्रो न्यु स्टार गोल्डकपको पहिलो सेमिफाइनलबाट आयोजक न्यु स्टार क्लबले कठिन जित निकाल्दै फाइनलमा प्रवेश गरेकोे छ । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज भएको खेलमा इलामको रेडहर्स एफसीलाई १–० गोलले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो ।

उपाधिको दाबेदार मानिएको इलामलाई रोक्न विश्वास लावतीको एक गोल नै निर्णायक बन्यो । दुवै टिमबाट विदेशी खेलाडी मैदानमा उतारिए पनि आकर्षक खेल भने पस्कन सकेनन् । दुवै टोलीले पाएको अवसर खेर फालेका थिए । अन्ततः आयोजकका परिवर्तित खेलाडी विश्वासले गोलको खाता खोल्न सफल भए ।
आयोजकका सोना लिम्बूको स्थानमा मैदान प्रवेश गरेका विश्वासले खेलको ५७ औँ मिनेटमा विपक्षी गोलकिपर बिट भएको मौकामा गोल गरेका हुन् । दायाँ क्षेत्रबाट रोहन कार्कीको ओभर ल्यापिङमा पाएको ‘लो’ पासमा विश्वासले निर्णायक गोल गरे । उनी म्यान अफ दि म्याच हुँदै ३ हजार रुपैयाँ पाउन सफल भए ।
म्यान अफ दि म्याच उनलाई बिर्तामोड वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण खरेल, सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष बद्री प्याकुरेल, आयोजक अध्यक्ष कृष्ण लिम्बूले नगद र ट्रफी प्रदान गरे । जितसँगै आयोजकले कम्तिमा १ लाख रुपैयाँ सुरक्षित गरेको छ । भोलि बिहीबार सुनसरीको बराहक्षेत्र ११ ले मोरङको जनसहयोग युथ क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५ हजार पाउने छन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले ३ हजार रुपैयाँसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ ट्रफी पाउनेछ ।
गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख १ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]