default_image

3 years ago

May 21, 2023

आर्सनलको हारसँगै म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

271 views

0 Bookmark

एजेन्सी – उपाधि होडमा रहेको लन्डन क्लब आर्सनलले हार बेहोरेसँगै म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ ।

सिटी प्रिमियर लिगको तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन प्रिमियर लिगको च्याम्पियन बन्न सफल भएको हो । अब दोस्रो स्थानमा रहेको आर्सननले एक खेल मात्रै खेल्न बाँकी छ । यो खेलमा जित हात पारेपनि ४ अंकले अघि रहेको सिटीले बाँकी तीनै खेल गुमाएपनि च्याम्पियन बन्न कुनै असर गर्ने छैन ।

पेप ग्वार्डिओलाको टोलीले पछिल्ला ६ मध्ये पाँचमा उपाधि जितेको छ । सिटीलाई ट्रेबल उपाधि जित्ने मौका पनि छ । सिटी एफए कप र च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ ।

सन् १९९८–९९ मा मात्र म्यानचेस्टर युनाइटेडले यो उपलब्धि हासिल गरेको थियो । सिटीले जुन ३ मा वेम्वलीमा डर्वी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडसँग एफए कपको उपाधिका लागि खेल्दैछ । त्यसको एक सातापछि सिटीले इस्तानबुलमा इन्टर मिलानको सामना गर्नेछ ।

सिटीले आइतबार चेल्सीसँगको खेलपछि प्रिमियर लिगको ट्रफी उचाल्नेछ । कप्तान इल्के गुन्डोगनले लगतार तीन पटक र छ वर्षमा पाँच पटक यो ट्रफी जित्नु अविश्वसनीय रहेको बताएका छन् ।

क्लबको इतिहासमा नवौं पटक च्याम्पियन बनेको सिटी ७ अप्रिलसम्म ८ अंकले पछि परेको थियो । तर, त्यसपछि आर्सनलले ८ खेलबाट केवल ९ अंक बटुल्दा यही समयमा सिटीले ७ खेलबाट सबै २१ अंक बटुल्दै उपाधि जित्ने सम्भावना अघि बढाएको थियो ।

प्रिमियर लिगको १० खेल बाँकी रहँदा ६९ अंकसहित शीर्षस्थानमा रहेको आर्सनल भने लगातारको खराव प्रदर्शनसँगै सिटीलाई उपाधि सुम्पन पुग्यो । सन् २०१८–१९ को सिजनमा लिभरपुलले पनि यस्तै नियति भोगेको थियो । अन्तिम समयसम्म पनि उपाधिका लागि लडिरहेको लिभरपुल १ अंकले पछि रहँदै उपविजेतामा सीमित बनेको थियो ।

हडर्सफिल्ड टाउन (१९२४–२६), आर्सनल (१९३३–३५), लिभरपुल (१९८२–८४) र सर एलेक्स फर्गुसनको नेतृत्वमा दुईपटक १९९९–२००१ र २००७–२००९ पछि सिटी लगातार तेस्रोपटक उपाधि जित्ने पाँचौ टोली बनेको छ ।

पेप गुआर्डिओलाले सन् २००९–११ मा बार्सिलोनासँग ला लिगा र सन् २०१४–१६ मा बायर्न म्युनिखसँग बुन्डेसलिगामा लगातार तीनवटा लिग उपाधि जित्न सफल भएको थियो । उनको यो तेस्रो ह्याट्रिक उपाधि हो ।

पछिल्लो सिजन सिटीले प्रिमियर लिगमा प्रभुत्व जमाएको छ । सिटीले ६ मध्ये ५ उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडले १९९६ र २००१ को बीचमा यो उपलब्धि हासिल गरेको थियो । यो अवधिमा युनाइटेडले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको ट्रेबल उपाधि जितेका थिए ।

युनाइटेडले सन् १९९३–२००१ को बीच ९ सिजनमा सात उपाधि पनि तथा सन् २००७–२०१३ को सात सिजनमा पाँचवटा उपाधि जितेको थियो । त्यसअघि, लिभरपुलले १९७० को दशकको उत्तरार्ध र ८० को दशकको प्रारम्भमा लिग सफलताको आनन्द उठाएको थियो ।

दि सिटी ग्राउन्ड नटिङहममा घरेलु टोलीको जितमा पहिलो हाफमा ताइओ एवोनियीले गरेको गोल नै निर्णायक बन्यो । उनले १९औं मिनेटमा गोल गर्न सफल भएका थिए । यस जितसँगै नटिङहम ३७ खेलबाट ३७ अंक नै जोडेर १६औं स्थानमा छ । आर्सनल ३७ खेलबाट ८१ अंक जोडेर दोस्रो स्थानमा छ ।

अन्य नतिजा
टोटेनहमविरुद्ध ब्रेन्टफर्ड (१–)
बर्नमाउथविरुद्ध म्यानचेस्टर युनाइटेड (०–)
फुलहमविरुद्ध क्रिस्टल प्यालेस (२–२)
लिभरपुलविरुद्ध एस्टन भिल्ला (१–१)
वल्भ्सविरुद्ध एभर्टन (१–१)

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.