default_image

11 months ago

May 23, 2023

युभेन्ट्सको पुनः १० अंक कटौती

एजेन्सी – इटालियन क्लब युभेन्ट्सको पुनः १० अंक कटौती गरिएको छ । विगतमा खेलाडी सरुवामा नियम मिचेको भन्दै पुनः १० अंक कटौती गरिएको जनाएको छ । युभेन्ट्सलाई गत जनवरीमै यही मामिलामा कारवाही स्वरुप १५ अंक घटाइएको थियो । तर इटालीको सर्वोच्च खेलकुद अदालतले अप्रिलमा उक्त निर्णयलाई उल्ट्याएर मुद्दालाई पुनः जाँच गर्न आदेश दिएको थियो । […]

147 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सको पुनः १० अंक कटौती गरिएको छ । विगतमा खेलाडी सरुवामा नियम मिचेको भन्दै पुनः १० अंक कटौती गरिएको जनाएको छ ।

युभेन्ट्सलाई गत जनवरीमै यही मामिलामा कारवाही स्वरुप १५ अंक घटाइएको थियो । तर इटालीको सर्वोच्च खेलकुद अदालतले अप्रिलमा उक्त निर्णयलाई उल्ट्याएर मुद्दालाई पुनः जाँच गर्न आदेश दिएको थियो ।

इम्पोलीमा टोली ४–१ ले पराजित हुनुअघि नयाँ निर्णय घोषणा गरिदा त्यसको असर इम्पोलीविरुद्धको खेलमा देखिएको थियो । १० अंक घटाइएसँगै युभेन्ट् युरोपेली छनोटको स्थान बाहिर सिरी ए को सातौं स्थानमा झरेको छ ।

नेपोलीले सिरी ए को उपाधि जितिसकेको छ । सोमबारको निर्णय अघि दोस्रो स्थानमा रहेको युभेन्ट्स नेपोलीभन्दा १७ अंकले पद्धि थियो । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले यो अनौठो अवस्था र खेल सुरु हुनुभन्दा १० मिनेटअघि आएको र त्यसको असर खेलमा परेको बताएका छन् ।

अप्रिलमा इटालीको ओलम्पिक कमिटी (सीओएनआई) को एक न्यायाधिकरणले इटालियन फुटबल महासंघ (एफआईजीसी) पुनरावेदन अदालतबाट युभेन्ट्सको १५ अंक खोस्ने निर्णय खारेज गरेको थियो ।

क्लबका अधिकारीहरू पाओलो गारिम्बर्टी, एसिया ग्राजियोली भेनियर, क्याटलिन मेरी ह्युजेस, ड्यानिएला मारिलुङ्गो, फ्रान्सेस्को रोन्काग्लियो र एनरिको भेलानोसँगै नेदवेदलाई अहिले सफाइ दिइएको छ ।

पूर्व अध्यक्ष एन्ड्रिया एग्नेली, पूर्व प्रमुख कार्यकारी माउरिजियो अरिभाबेने र खेल निर्देशकहरू फेडेरिको चेरुबिनी र फाबियो पाराटिसीलाई दिइएको लामो प्रतिबन्ध कायम गरिएको छ ।

सोमबार इम्पोलीमा भएको हारले युभेन्ट्सले च्याम्पियन्स लिगको अन्तिम स्थानमा कब्जा जमाएको एसी मिलानसँग दुई खेल खेल्न बाँकी रहेको र आइतबार युभेन्ट्सको आयोजक मिलानभन्दा पाँच अंकले पछाडि परेको छ ।

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

April 14, 2024

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि

एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे । ९०औं मिनेटमा विर्ट्जले गोल […]

Success

Thank you for your time.