3 years ago
May 24, 2023
एजेन्सी – इंग्लिस युवा फरवार्ड बुकायो साकाले लन्डन क्लब आर्सनलमा सम्झौता नविकरण गरेका छन् । साकाले २०२७ सम्म आर्सनलमा रहन नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

इंग्लिस फरवार्डले यो सिजन गनर्सका लागि १४ गोलसँगै ११ सहयोग गरेका छन् । २१ वर्षीय साकाले आर्सनलका लागि १७८ खेल खेलिसकेका छन् ।
‘म साँच्चै खुसी छु ।’ साकाले भने, ‘त्यहाँ धेरै कुराहरू भएको छ र धेरै समय भयो, तर म अहिले यहाँ छु । मलाई लाग्छ कि यो सही र सुन्दर क्लब हो । हामी कहाँ छौं हेर्नुहोस् ।’
साकाको अघिल्लो सम्झौता २०२३–२४ सिजनको अन्त्यमा सकिँदै थियो । दोस्रो स्थानमा रहेको आर्सनलले आइतबार सिजनको आफ्नो अन्तिम खेलमा वल्भ्ससँग खेल्दैछ । अर्को सिजन, गनर्सले ६ वर्षपछि च्याम्पियन्स लिग खेल्नेछ ।
‘मैले धेरै परिवर्तन देखेको छु । मैले यो टोली र क्लब माथिल्लो स्तरमा पुगेको देखेको छु, हामी उत्साहित छौं । हामी सही दिशामा गइरहेका छौं ।’ साकाले थपे ।
आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले बुकायोले आफ्नो सम्झौता लम्ब्याउनु क्लबको लागि ठूलो कुरा रहेको र उत्कृष्ट युवा प्रतिभालाई क्लबलाई राख्न सक्नु महत्वपूर्ण रहेको बताएका छन् ।
आर्सनलकै एकेडेमीबाट उत्पादित साकाले २०१८–१९ को सिजनपछि आर्सनलको सिनियर टोलीबाट खेलिरहेका छन् । उनले १७८ खेलमा ३७ गोल गरिसकेका छन् ।
इंग्ल्यान्डको उमेर समूह यु–१६, यु१७, यु–१८, यु–१९ र यु–२१ बाट खेलिसकेका साका २०२० देखि सिनियर टोलीमा छन् । उनले २६ खेलमा ८ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]