default_image

3 years ago

May 25, 2023

च्याम्पियन म्यानचेस्टर रोकियो

175 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा यो सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

सिटी घरेलु टोली ब्राइटन होभ अल्वियोनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटीका लागि फिल फोडेनले गोल गर्दा ब्राइटनका जुलियो इनसिसोले बराबरी गोल फर्काए ।

दि अमेरिकन एक्प्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा बुधबार राति भएको खेलको २५औं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले १–० को अग्रता लिन सफल भयो । उनले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गर्न सफल भएका थिए ।

तर, त्यो अग्रतालाई सिटीले जोगाउन सकेन । ३८औं मिनेटमा जुलियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले लेभी कोलविलको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा रोकिन पुग्यो । यस बराबरीसँगै च्याम्पियन सिटीको ३७ खेलबाट ८९ अंक पुगेको छ । ब्राइटन ६२ अंक जोडेर छैटौं स्थानमा छ ।

यस बराबरीसँगै ब्राइटन शीर्ष ६ मा रहँदै अर्काे सिजनको युरोपा लिग खेल्ने पक्का भएको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.