default_image

3 years ago

May 25, 2023

बेन्जेमा र रोड्रिगोको गोलमा रियल म्याड्रिडको जित

245 views

0 Bookmark

एजेन्सी – कप्तान तथा फरवार्ड करिम बेन्जेमा र रोड्रिगो गोएसको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा जित हात पारेको छ ।

रियलले घरेलु मैदानमा रायो भालेकानोमाथि २–१ को जित निकालेको हो । भालेकानोका राहुल डि टोमासले एक गोल फर्काए ।खेलको ३१औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले फेडे भाल्भेर्डेको पासमा गोल गर्न सफल भएका थिए ।

८४औं मिनेटमा राहुल डि टोमासले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको जित पक्का गरे ।

यस जितसँगै रियल ३६ खेलबाट ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित रायो भालेकानो ४६ अंक जोडेर ११औं स्थानमा छ ।

ला लिगाकै अर्काे खेलमा तीन गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड स्पान्योलसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

एट्लेटिकोका सहुल निग्वेज, एन्टोइन ग्रिजमन र यान्निक कारास्कोले गोल गर्दा स्पान्योलका सेसर मोन्टेस, जोसेलु र भिनिसियस डि सोउजा कोस्टाले बराबरी गोल फर्काए ।

यस बराबरीले एट्लेटिको ३६ खेलबाट ७३ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । स्पान्योल ३५ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.