3 years ago
May 29, 2023
एजेन्सी – लेस्टर सिटी र लिड्स युनाइटेड यो सिजनको इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेका छन् । लेस्टरले लिगको अन्तिम खेलमा जित निकालेपनि अर्काे खेलमा एभर्टन विजयी भएपछि लेस्टर प्रिमियर लिग च्याम्पियन बनेको सात सिजनपछि रेलिगेसनमा परेको हो ।

किङ पावर स्टेडियम लेस्टरमा आइतबार राति भएको खेलमा लेस्टरको जितमा हार्भे बार्नेस र वोउट फाइसले गोल गरे । वेस्ट ह्याम युनाइटेडका पाब्लो फोर्नाल्सले एक गोल फर्काए ।
यस जितले लेस्टर ३८ खेलबाट ३४ अंक जोडेर १८औं स्थानमा रहँदै टोलीको ९ वर्षको प्रिमियर लिग बसाई अन्त्य भएको छ ।
लेस्टर सन् २०१५–१६ को च्याम्पियन टोली हो । यसपटक २ अंकले पछि रहँदै टोली रेलिगेसनमा पर्यो ।
यस्तै अर्काे खेलमा घरेलु मैदानमै टोटेनहम हटस्परसँग ४–१ ले पराजित हुँदै लिड्स युनाइटेड पनि रेलिगेसनमा परेको छ ।
लिड्सले यो सिजन प्रिमियर लिगमा ३८ खेलमा ७ जित, १० बराबरी र २१ हारको नतिजासहित ३१ अंक जोडेर १९औं स्थानमा रह्यो ।

लिड्स सन् २०२० मा प्रिमियर लिगमा बढुवा भएको थियो । यसअघि नै साउथह्याम्टन रेलिगेसनमा परिसकेको छ । एलान्ड रोड लिड्समा आइतबार राति भएको खेलमा टोटेनहमको जितमा ह्यारी केनले दुई तथा पेड्रो पोरो र लुकास मोउराले समान एक गोल गरे । लिड्सका ज्याक ह्यारीसनले एक गोल फर्काए ।
शीर्ष चारमा रहँदै न्यूक्यासल युनाइटेडले अर्काे सिजनको च्याम्पियन्स पलग खेल्नेछ । लिभरपुल र ब्राइटनले युरोपा लिग खेल्दा सातौं स्थानमा रहेको एस्टन भिल्लाले युरोपा कन्फ्रेन्स लिग खेल्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]