3 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्डद्धय मेसुके ओलोमोउ र स्टेफन समिर विनोङको गोलमा रेलिगेसन जोनको पुछारमा रहेको एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पूनरागमन जित निकालेको छ ।

खुलमलटारले एक गोलले पछि परेको स्थिति उल्ट्याएर हिमालयन शेर्पा क्लबमाथि २–१ को पूनरागमन जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा सोमबार भएको खेलमा खुमलटारको पूनरागमन जितमा मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे । शेर्पाका म्यानुयल नानाको गोल सान्त्वना बन्यो ।
खेलको छैटौं मिनेटमा नै म्यानुयल नानाको गोलबाट शेर्पाले १–० को अग्रता लिन सफल भयो । खामिर गिल्सन कनदङ्वाको कर्नरमा नानाको फ्रि हेडरमा खुमलटारको डिफेन्स र गोलरक्षकले कुनै प्रतिक्रिया नै जनाउन पाएन ।
तर, शेर्पाको त्यो अग्रता लामो समय टिकेन । १७औं मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
जय गुरुङको फ्रिकिकमा अभिषेक लिम्बुको हेडर पासमा अनमार्क रहेका मेसुकेले वान टचमा फिनिस गरे । उनको प्रहारलाई गोलरक्षक किशोर गिरीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।
७६औं मिनेटमा स्टेफन समिर विनोङले गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए । मेसुकेको क्रसलाई शेर्पाका डिफेन्डर सुरेश कुमालको कमजोर क्लियरेन्स विनोङ समक्ष नै पुगेपछि उनले नियन्त्रणमा लिदै गरेको ओभर हेड किकलाई गोलरक्षक किशोरले रोक्ने कुनै मौका नै पाएन ।
यस जितले खुमलाटार रेलिगेसन जोनकै पुछारमा रहेपनि अर्काे रेलिगेसन जोनमा रहेको फ्रेन्ड््स क्लबसँग अंक बराबरी गरेको छ । खुमलटार २२ खेलबाट २४ अंकसहित पुछारमा छ ।
एक खेल कम खेलेको फ्रेन्ड्सको पनि २४ अंक नै छ । पराजित शेर्पाले चौथो स्थानमा उक्लने मौका गुमाउँदा २२ खेलबाट २९ अंक जोडेर पाँचौं स्थानमा यथावत रहेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]