9 years ago
January 7, 2017
मड्रिड (एजेन्सी) – ग्रानाडालाई ला लिगामा शनिबार ५-० ले हराउँदै रियल मड्रिडले अपराजित यात्रा ३९ खेलमा पुर्याउदै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गरेको छ । गत सिजन बार्सिलोनाको ३९ खेलको अपराजित यात्रा मड्रिडसँगको २-१ को हार पछि टुंङिएको थियो ।

इसकोले दुइ गोल, करिम बेन्जेमा, क्रिस्टियानो रोनाल्डो र कासेमेरोले १-१ गोल गर्दै ग्रानाडाबिरुद्ध फरसजिलो जित हासिल गरेको थियो । जितपय मड्रिड अंक तालिकामा ६ अंकको अग्रता जोगाउन सफल भएको छ । मड्रिडले पहिलो हाफमा ४ गोल गरेको थियो भने दोस्रो हाफमा कासेमेरोले १ गोल थपेका थिए ।
सबै प्रतियोगिता गरि ३९ खेलमा अपराजित रहेको मड्रिडले बिहीबार कोपा डेल रेको दोस्रो लेगमा सेभिलाविरुद्ध पराजय रोके आफ्नो नाममा कीर्तिमान बनाउनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]