default_image

3 years ago

June 5, 2023

बेन्जेमाको गोलमा रियल हारबाट जोगियो

257 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि अन्तिम खेल खेलिरहेका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको गोलमा रियल हारबाट जोगिएको छ ।

रियलले यो सिजनको ला लिगाको अन्तिम खेलमा एथलेटिको बिल्वाओसँग १–१ गोलको बराबरी खेलेको हो । सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा बिल्वाओका ओइहान सानसेटले गोल गर्दा रियलका कप्तान करिम बेन्जेमाले बराबरी गोल फर्काए ।

खेलको १०औं मिनेटमा नै मिकेल भेस्गाले पेनाल्टी चुकाउँदा बिल्वाओ अग्रता लिनबाट चुक्यो । कर्नरबाट आएको बल टोनी क्रुसको हातमा लाग्न पुगेपछि रेफ्रीले बिल्वाओलाई पेनाल्टी प्रदान गरेको थियो । भेस्गाको पेनाल्टीलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले डाइभ दिदै बचाए ।

४९औं मिनेटमा ओइहान सानसेटले गोल गरेपछि रियल खेलमा १–० ले पछि पर्यो । ७२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पेनाल्टी बक्समा युरी वरचिचेले एडर मिलिसाओलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा बेन्जेमा चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

खेलको अन्त्यसँगै यो सिजन क्लब छाड्ने तयारीमा रहेको बेन्जेमासँगै मार्काे एसेन्सियो र मारियानो डियाजलाई बिदाई गरिएको छ । ३५ वर्षीय बेन्जेमा रियलको सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा रहेका छन् ।

रियलले आइतबारै बेन्जेमाको बर्नाबेउमा १४ वर्षको बसाई समाप्त भएको पुष्टि गरेको छ । उनी साउदी अरेबियामा जाने सम्भावना छ । बेन्जेमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा जितेका छन् । बेन्जेमाले १४ सिजनमा रियलका लागि ६४८ खेलमा ३५४ गोल र १६५ असिस्ट प्रदान गरेका छन् । उनले रियलबाट २५ उपाधि जितेका छन् ।

फ्रान्सेली फरवार्ड बेन्जेमाले ७४ मिनेटसम्म मैदान बिताएका थिए । उनलाई लुका मोड्रिचले प्रतिस्थापन गरेका थिए । मैदान छाड्दै गर्दा बेन्जेमालाई समर्थकले सानदार बिदाई गरेका थिए ।

यस्तै ८ सिजन रियलमा बिताएका मार्को एसेन्सियोले पनि रियलले बिदाई गरेको छ । ५८औं मिनेटमा मैदान छिरेका एसेन्सियोलाई इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा पुनः परिवर्तन गरिएको थियो ।

क्लबसँग आपसी समझदारीमा सम्झौता रद्ध गरेका इडेन हाजार्डलाई भने प्रशिक्षक कार्लाे एन्सेलोटीले अन्तिम खेलमा पनि मौका प्रदान गरेनन् ।

यस बराबरीसँगै रियल ३८ खेलबाट ७८ अंक जोडेर दोस्रो स्थानमा रह्यो । बिल्वाओ ५१ अंक जोडेर आठौं स्थानमा रह्यो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.