default_image

3 years ago

June 9, 2023

बेन्जेमा अल इतिहादमा सार्वजनिक

265 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई साउदी प्रो लिग च्याम्पियन अल इतिहादमा सार्वजनिक गरिएको छ ।अल इतिहादले यसै साता बेन्जेमालाई स्पेनिस क्लब रियल म्याड्रिडबाट अनुबन्ध गर्न सफल भएका थिए ।

उनलाई बिहीबार राति अल इतिहादको रंगशालामा झन्डै ६० हजार समर्थक माझ सार्वजनिक गरिएको हो । सो अवसरमा बेन्जेमाले फिफा बालोन डि ओरको ट्रफी समेत सार्वजनिक गरेका थिए ।

एक पल्टको बालोन डी’ओर विजेता करिम बेन्जेमाले रियल म्याड्रिडमा १४ वर्षको बसाईलाई बिट मार्दै साउदी अरेबियाको च्याम्पियन अल–इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन् । ३५ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले म्याड्रिडसँग १४ वर्षमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्रफी जितेका थिए ।

उनले रियलका लागि ३५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । रियलमा ४५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् । उनी गत जनवरीदेखि अल नासरमा छ ।

अल–इतिहाद पूर्व वल्भ्स र टोटेनहम प्रशिक्षक नुनो एस्पिरिटो सान्तोको प्रशिक्षणमा छ । सन् २००९ मा फ्रान्सेली क्लब लियोनबाट रियल पुगेका बेन्जेमाले रियलका लागि ६४८ खल खेलेका छन् ।

उनले क्लबका लागि अन्तिम खेलमा पनि गोल गर्न सफल भएका थिए । गत आइतबार एथलेटिको बिल्बाओसँग १–१ को बराबरीमा उनले पेनाल्टीमा गोल गरेका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.