3 years ago
June 10, 2023
एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको आज फाइनल हुँदैछ । फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल टर्कीको इस्तानबुलमा रहेको एटाटर्क ओलम्पिया स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुने छ । इंग्लिस क्लब सिटी इन्टर मिलानलाई पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हुनेछ ।
यस्तै सिटी यो सिजन ट्रेवल उपाधि जित्ने लक्ष्यमा समेत हुनेछ । यो सिजन सिटीले इंग्लिस प्रिमियर लिगसँगै एफए कपको उपाधि जितिसकेको छ ।
सिटीसँग लयमा रहेका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डसँगै जुलियन अल्भारेज, केभिन डि ब्रुएना, इल्केए गुन्डोगान, ज्याक ग्रेलिस, बर्नाडो सिल्भा, रोड्री, जोन स्टोन्स, नाथन एके, रुवेन डियास, म्यानुयल एकान्जी र गोलरक्षक एडर्सन मोराएस रहेका छन् । यस्तै फिल फोडेन, एमेरिक लापोर्टा, फिल फोडेन र केल वाल्कर पनि टोलीमा रहेका छन् ।
यता, इटालीको इन्टर मिलान पनि यो सिजन उच्च लयमा रहेका म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै १३ वर्षपछि च्याम्पियन्स लिगको उपाधि जित्न चहान्छ ।
सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जितेयता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।
इन्टरसँग रोमेलु लुकाकु, इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु, डेन्जे डम्फ्रेज, फेडरिको डिमार्काे, मार्सेलो ब्रोजोभिच, निकोला बरेल्ला, एलेसान्द्रो बास्टोनी, फ्रान्सिस्को एसरवी, माटियो डरमियन र गोलरक्षक आन्द्रे ओनाना रहेका छन् ।
यि दुई टोलीबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा हुँदा दुवै टोलीले समान एक खेल जितेका छन् । यि दुई टोली सन् २०११ पछि खेल्न लागेका हुन् । २०११ मा सिटी ३–० ले विजयी रहँदा २०१० मा इन्टर ३–० ले नै विजयी भएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]