default_image

9 years ago

January 9, 2017

एफए कपमा चेल्सीको सहज जित, लिभरपुल रोकियो

134 views

0 Bookmark

 लन्डन (एजेन्सी)– एफए कपमा गएराती चेल्सी, फुलह्याम, मिडल्सब्रो र टोटनह्याम विजयी भएका छन् भने लिभरपुल बराबरीमा रोकिएको छ ।

wilian

फुलह्यामले कार्डिफ सिटीलाई २–१ ले हरायो । एन्थोनी पिल्किङ्टनको गोल मार्फत घरेलु टोलीले ८ औ मिनटमा अग्रता लिएको थियो । तर, टोली सम्हालिन सकेन । फुलह्यामका लागि जोहन्सेनले १४औ बराबरी गोल गरे भने र सिसिनगनले ३३औ मिनटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । अर्को खेलमा लिभरपुलले घरेलु मैदानमा प्लेमाउथविरुद्ध जित निकाल्न सकेन । दुबै टोलिले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले पिटरब्रो युनाईटेडमाथि ४–१ को सहज जित हासिल गरेको । चेल्सीका लागि स्पेनिस खेलाडी पेड्रोले २, विलियनले र बाट्सुआईले १-१ गोल गरे । पराजित टोलीका युवा खेलाडी टम निकोल्सले एक गोल फर्काए । दोस्रो हाफमा बेन डेभिस र सनले गोल गरेपछि टोटनह्यामले एस्टन भिल्लालाई २–० ले हराएको थियो । १० खेलाडीमा सिमित भएर खेलेको मिडल्सब्रोले शिफिल्ड युनाईटेडलाई ३–० ले हराएको थियो । टोलीको जितमा नेग्रेडो, डि रुन र लिडबिटरले गोल गरे ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.