9 years ago
January 9, 2017
काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट अभ्यास र ट्रायलका लागि आज स्पेन जाँदैछन् । उनले स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिने बताएका छन् । मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका थिए ।


गत बर्ष फागुनमा उनीहरुले मार्बेलाले नेदरल्यान्ड्स पुगेर मैत्रीपूर्ण खेल खेलेका थिए । सोही क्लबमा राष्ट्रिय टोलीका अर्का स्ट्राइकर बिमल पनि जानेछन् । विगतमा जस्तै अहिले पनि लुइस डी ब्रायजले उनीहरुको अभ्यासको व्यवस्था मिलाएका हुन् । स्पेन यात्रालाई लिएर अन्जनले भने ‘हामीले पहिला पनि त्यहाँ गएर अभ्यास गरिसकेका छौं । फेरी मौका मिलेको छ । त्यहाँको वातावरण र अभ्यास हाम्रो भन्दा धेरै स्तरीय छ । यसले मलाई र राष्ट्रिय टोलीलाई फाइनल पुग्ने विश्वास छ ।’ मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा स्पेनको मालागामा स्थापित क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखिएको क्लबको बेभसाइटमा उल्लेख छ ।

नेपालले पछिल्लो डेढ बर्षमा फुटबलमा चारवटा उपाधि जितेको थियो । अन्जन र बिमल नेपालले प्राप्त गरेका सबै सफलता दिलाउने टोलीका सदस्य हुन् ।गत भदौमा काठमाडौंमा साफ यु–१९ उपाधि उचालेको नेपालले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जितेको थियो भने यु–२३ टोलीले फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण पदक जितेको थियो । सबैभन्दा ठूलो सफलताका रुपमा अन्जन र बिमलसहितको टोलीले झन्डै दुई महिनाअघि मलेसियामा सोलिडारिटी कप जितेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]