ज्य्रीच (एजेन्सी) – फिफाले ज्युरीच स्थित आफ्नो मुख्यालयमा एक कार्यक्रमबीच वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरुलाई एक कार्यक्रम बीच ‘द बेष्ट’को उपाधि दिदै छ।
फ्रान्स फुटबल र फिफाले सन् २०१०देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको हो। कार्यक्रम नेपाली समयानुसार आज रति ११;१५ बजे सुरु हुनेछ।
फिफाले निम्नानुसारको विधाहरुमा उपाधि वितरण गर्दैछ:
- ‘द बेष्ट’ पुरुष खेलाडी
- ‘द बेष्ट’ महिला खेलाडी
- ‘ द बेष्ट’ पुरुष प्रशिक्षक
- ‘द बेष्ट’ महिला प्रशिक्षक
- फिफा फेअर प्ले अवार्ड
- फिफा पुस्कास अवार्ड
- फिफा फ्यान अवार्ड
- फिफा विश्व एघार