9 years ago
January 9, 2017
ज्युरीच (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लियोनेल मेस्सी आज हुने फिफाको अवार्ड कार्यक्रममा सहभागी नहुने बार्सिलोनाले उदृत गरेको छ।

बुधबार हुने कोपा डेल रे अन्तर्गत बार्सिलोना र एथलेटिक बिल्बाओको खेलको तयारीमा रहेको बार्सिलोनाका खेलाडीहरु कोहि पनि उक्त समारोहमा उपस्थित हुने छैनन्। क्रिस्टियानो रोनाल्डो र एन्टोइन ग्रिज्मन संगै मेस्सी पनि उत्कृष्ट खेलाडीको दावेदार रहेका छन्। समारोह आज नेपाली समयानुसार रातको ११;१५ बजे हुनेछ।
मेस्सीसंगै लुइस सुआरेज, नेयमार, जेरार्ड पिके, आदि खेलाडीहरु फिफाको विश्व एघारमा पर्ने प्रवल सम्भावना रहेको पनि बुझिएको छ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]