default_image

9 years ago

January 9, 2017

गोलकिपर किरण माल्दिभ्स लागे

146 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको पहिलो डिभिजन फुटबल खेल्न सोमबार त्यसतर्फ लागेका छन्

kiran

माल्दिभ्सको पहिलो डिभिजनको टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबसँग एक बर्षको सम्झौतापछि उनी त्यसतर्फ जान लागेको हुन् । २०१० मा चटगाँउ अबाहानीबाट बंगलादेश प्रिमियर लिग खेलेका किरणको लागि यो दोश्रो विदशी क्लब हो। घरेलु फुटबलमा मछिन्द्रबाट व्यवसायिक खेल जीवन सुरु गरेका किरणले लामो समय रुस्लान थ्री स्टार क्लबमा विताएका थिए । पछिल्लो एक बर्षयता उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध थिए ।

किरण सम्मिलित नेपाली टोलीले दुई महिना अघि मलेसियामा एएफसी सोलिडारिटी कप जितेको थियो । नेपालको अहिले सम्म ठूलो सफलतामा किरण पहिलो रोजाइमा थिए । सोलिडारिटी कपमा चारै खेल पोस्ट सम्हालेको उनले सेमिफाइनलमा लाउसविरुद्ध पेनाल्टी सुटआउटमा २ वटा पेनाल्टी रोकेका थिए । सोलिडारिटी कप जितेकै कारण २०१९ को एएफसी एसिया कपको छनोट खेल्ने अवसर पाएको छ ।

भोलि बिहान माल्दिभ्स पुगेपछि सम्पूर्ण कागजी प्रक्रिया सकेर किरण टोलीमा मिसिनेछन। प्रि सिजन चलिरहेकोले उनलाई त्यहाँ रिझ्न समय पुग्नेछ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.