default_image

2 years ago

June 21, 2023

बेल्जियमको सानदार जित, पोल्यान्ड स्तब्ध

202 views

0 Bookmark

एजेन्सी – युरोकप २०२४ को छनोटमा बेल्जियमले सानदार जित निकाल्दा पोल्यान्ड स्तब्ध बनेको छ । बेल्जियमले इस्टोनियामाथि ३–० को सहज जित हात पारेको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा जोहान बाकायोकोले एक गोल थपे । इस्टोनियामा मंगलबार राति भएको खेलको ३७औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई १–० को अग्रता दिलाए । उनले एस्टरको पासमा गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा लुकाकुले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले अर्थर थिटको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ९०औं मिनेटमा जोहान बाकायोकोले गोल गर्दै बेल्जियमको जित पक्का गरे । उनले यान्निक कारास्कोको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै समूह ‘एफ’ मा बेल्जियम ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । पराजित इस्टोनिया १ अंक जोडेर चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा अष्ट्रियाले स्वीडेनलाई २–० ले पराजित गरेको छ । अष्ट्रियाको जितमा दुवै गोल क्रिस्टोफ बोउमगार्टनरले गरे । यस जितले अष्ट्रिया चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ । पराजित स्वीडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

समूह ‘ई’ को खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा पोल्यान्ड मोल्दोभासँग ३–२ ले स्तब्ध बनेको छ । मोल्दोभाको पूनरागमन जितमा आयन निकोलेस्कुले दुई तथा भ्लाडेस्लाभ बाबोग्लोले एक गोल गरे । स्वीडेनका एर्काडिअस्ज मिलिक र कप्तान रोबर्ट लेवान्डोस्कीको गोल सान्त्वना बन्यो ।

मोल्दोभामा मंगलबार राति भएको खेलको १२औं मिनेटमा मिलिकको गोलबाट पोल्यान्डले अग्रता लिएको थियो । ३४औं मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डको अग्रता दोब्बर पारे । तर, त्यो दुई गोलको अग्रतालाई पोल्यान्डले जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

४८औं मिनेटमा आयनले गोल गर्दै मोल्दोभालाई खेलमा फर्काउने संकेत दिए । ७९औं मिनेटमा आयनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा भ्लाडीस्लाभले गोल गर्दै पोल्यान्डलाई ३–२ को हार चखाए ।

यस जितले मोल्दोभा ४ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित पोल्यान्ड ३ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा अल्वानियाले फारोइ आइल्यान्डलाई ३–१ ले पराजित गरेको छ ।

अन्य नतिजा
समूह ‘ए’
नर्वे
विरुद्ध साइप्रस (–१)
स्कटल्यान्डविरुद्ध जर्जिया (–०)
समूह ‘जी’
बुल्गेरियाविरुद्ध सर्विया (१–१)
हंगेरीविरुद्ध लिथुआनिया (–०)
समूह ‘जे’
बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध लक्जेमवर्ग (०–)
आइसल्यान्डविरुद्ध पोर्चुगल (०–)
लिचेस्टाइनविरुद्ध स्लोभाकिया (०–)

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

Success

Thank you for your time.