default_image

3 years ago

June 21, 2023

कप्तान सुनिलको ह्याट्रिकमा भारतको सानदार जित

276 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सुनिल क्षेत्रीको ह्याट्रिकमा भारतले साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा पाकिस्तानमाथि सानदार जित दर्ता गरेको छ ।

बेंगलोरस्थित कन्तिरभा रंगशालामा भारतले छिमेकी प्रतिद्वन्द्वी पाकिस्तानलाई ४-० ले पराजित गरेको हो । भारतका लागि कप्तान सुनिलले ३ गोल गर्दा उदान्ता सिंहले १ गोल गरे । भारत खेलको १५ मिनेटमा नै २-० को अग्रता लिन सफल रहेको थियो ।

खेलको आठौं मिनेटमा पाकिस्तानका गोलरक्षक सकिब हानिफको गल्तीलाई सुनिलले गोलमा परिणत गरेका थिए । बल क्लियर गर्ने क्रममा हानिफको प्रहार चुक्दा सुनिलले पेनाल्टी क्षेत्र बाहिरबाट बायाँ खुट्टाले खाली पोस्टमा सहजै गोल गरे ।

१५ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि नेपाली रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिएका थिए । उक्त पेनाल्टीलाई सुनिलले गोलमा परिणत गरेपछि भारत २-० ले अघि बढेको थियो । पहिलो हाफको अन्त्यमा भारतका प्रशिक्षक इगोर स्टिमाकले पाकिस्तानको थ्रो इन रोक्न पुग्दा रेफ्री क्षेत्रीले रातो कार्ड देखाए ।

प्रशिक्षक विहिन भएपनि भारतको आक्रमणको सिलसिला भने रोकिएन । ७४ औं मिनेटमा भारतले अर्को पेनाल्टी पायो । सुनिललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीलाई गोलमा परिणत गर्दै भारतीय कप्तानले ह्याट्रिक पूरा गरे ।

८१ औं मिनेटमा भारतले अर्को गोल थप्यो । अनवर अलीले डिफेन्स लाइनबाट खेलेको उत्कृष्ट लामो पासलाई उदान्ता सिंहले गोलमा परिणत गरे । अनवरले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासमा उदान्ताले हनिफलाई वन भर्सेस वनमा बिट गर्न सफल रहे ।

यस जितसँगै भारत र कुवेतको ३-३ अंक भएको छ । भारत गोलअन्तरमा अघि छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतसँग ३-१ को हार बेहोरेको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.