default_image

2 years ago

June 22, 2023

माल्दिभ्ससँग भुटानको हार

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा माल्दिभ्सले भुटानलाई हराएको छ ।

भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा बिहीबार भएको दोस्रो खेलमा माल्दिभ्सले भुटानलाई २–० ले हराएको छ । पूर्व विजेता माल्दिभ्सले भुटानविरुद्ध पहिलो हाफ र दोस्रो हाफमा समान १ गोल गरेको थियो । दिनको पहिलो खेलमा सोही समूहमा लेवनानले बंगलादेशलाई पनि २–० ले नै हराएको थियो ।

अन्तिम समयसम्म बराबरी गोल फर्काउन संघर्ष गरेपनि भुटानलाई सफलता मिलेन । भुटानको जितमा हाम्जा मोहम्मद र नाइज हसने गोल गरेका थिए । खेलको छैटौं मिनेटमा नै मोहमदको गोलबाट माल्दिभ्सले अग्रता लिएको थियो । भुटानले बराबरीका लागि पटक पटक गर्दा पनि सफलता प्राप्त गर्न सकेन भने नाइज सहजनले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए । समूह बीमा माल्दिभ्स र लेवनानको समान ३ अंक भएको छ । भुटान र बंगलादेश भने अंक विहिन छन् ।

लेवनानलाई सफलता

आमन्त्रित टोलीको रुपमा पहिलो पटक साफ च्याम्पियनसिप खेल्न आएको लेवनानले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
लेवनानले ७९ औं मिनेटमा कप्तान हसन मातुकको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले टोलीलाई अघि बढाएका थिए ।

इन्ज्युरी समयको छैटौं मिनेटमा खलिल बादेरले गोल गर्दै लेवनानको जित पक्का गरे । काउन्टर अट्याकमा उनले सहजै गोल गरेका थिए । समूह ‘ए ‘मा बुधबार नेपाल अर्को आमन्त्रित टोली कुवेतसँग ३–१ ले पराजित हुँदा आयोजक भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.