default_image

2 years ago

July 1, 2023

साफ च्याम्पियनसिप- सेमिफाइनल आज

423 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपका दुबै सेमिफाइनल शनिबार हुँदैछ । पहिलो सेमिफाइनल कुवेत र बंगलादेशबीच हुनेछ । खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ । साँझ ७ः४५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा आयोजक भारत र लेबनानबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ए’बाट कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए । नेपाल र पाकिस्तानलाई हराएका कुवेत र भारतबीचको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो । प्रतियोगिताबाट बाहिरिसकेको दुई टोलीबीचको खेलमा भने नेपालले पाकिस्तानलाई १–० हराएको थियो ।

अर्को समूहबाट माल्दिभ्स र भुटान बाहिरिएका थिए । समूह चरणमा लेवनानले सबै ३ खेल जितेको थियो भने बंगलादेशले माल्दिभ्स र भुटानलाई समान ३–१ ले हराएको थियो । लेवनान समूह विजेता र बंगलादेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दक्षिण एसियाको प्रतिष्ठित साफमा पहिलो पटक यो क्षेत्रबाहेकका कुवेत र लेवनानले सहभागिता जनाएका हुन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.