2 years ago
July 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– कुवेत भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शनिबार थप समयमा गएको सेमिफाइनल बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको हो । अब्ददुल्ला अल्ब्लोसीले गरेको गोल नै खेलको निर्णायक बनेपछि कुवेत उपाधि नजिक पुगेको हो ।

पहिलो सहभागितामा फाइनल पुगेका कुवेतले अब फाइनलमा भारत र लेवनानमध्ये एकको सामना गर्नेछ ।नियमित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप समयको पहिलो हाफको इन्जुरी समयमा कुवेतले अग्रता बनाएको थियो । अल्ब्लोसीले पेनाल्ल्टी बक्स भित्रबाट गोल गरेका थिए । त्यहि अग्रता खेलको निर्णायक बन्यो । खेलपछि केहि समय दुई टोलीबीच विवाद भएको थियो । साँझ ७ः४५ बजे दोस्रो सेमिफाइनलमा आयोजक भारत र लेबनानबीच प्रतिस्पर्धा हुनेछ ।
समूह एबाट कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए । नेपाल र पाकिस्तानलाई हराएका कुवेत र भारतबीचको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो । प्रतियोगिताबाट बाहिरिसकेको दुई टोलीबीचको खेलमा भने नेपालले पाकिस्तानलाई १–० हराएको थियो ।
अर्को समूहबाट माल्दिभ्स र भुटान बाहिरिएका थिए । समूह चरणमा लेवनानले सबै ३ खेल जितेको थियो भने बंगलादेशले माल्दिभ्स र भुटानलाई समान ३–१ ले हराएको थियो । लेवनान समूह विजेता र बंगलादेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दक्षिण एसियाको प्रतिष्ठित साफमा पहिलो पटक यो क्षेत्रबाहेकका कुवेत र लेवनानले सहभागिता जनाएका हुन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]