2 years ago
July 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– कुवेत भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शनिबार थप समयमा गएको सेमिफाइनल बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको हो । अब्ददुल्ला अल्ब्लोसीले गरेको गोल नै खेलको निर्णायक बनेपछि कुवेत उपाधि नजिक पुगेको हो ।

पहिलो सहभागितामा फाइनल पुगेका कुवेतले अब फाइनलमा भारत र लेवनानमध्ये एकको सामना गर्नेछ ।नियमित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप समयको पहिलो हाफको इन्जुरी समयमा कुवेतले अग्रता बनाएको थियो । अल्ब्लोसीले पेनाल्ल्टी बक्स भित्रबाट गोल गरेका थिए । त्यहि अग्रता खेलको निर्णायक बन्यो । खेलपछि केहि समय दुई टोलीबीच विवाद भएको थियो । साँझ ७ः४५ बजे दोस्रो सेमिफाइनलमा आयोजक भारत र लेबनानबीच प्रतिस्पर्धा हुनेछ ।
समूह एबाट कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए । नेपाल र पाकिस्तानलाई हराएका कुवेत र भारतबीचको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो । प्रतियोगिताबाट बाहिरिसकेको दुई टोलीबीचको खेलमा भने नेपालले पाकिस्तानलाई १–० हराएको थियो ।
अर्को समूहबाट माल्दिभ्स र भुटान बाहिरिएका थिए । समूह चरणमा लेवनानले सबै ३ खेल जितेको थियो भने बंगलादेशले माल्दिभ्स र भुटानलाई समान ३–१ ले हराएको थियो । लेवनान समूह विजेता र बंगलादेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दक्षिण एसियाको प्रतिष्ठित साफमा पहिलो पटक यो क्षेत्रबाहेकका कुवेत र लेवनानले सहभागिता जनाएका हुन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]