9 years ago
January 11, 2017
दिपक बोहोरा
पाँचथर– नेपाल फुटबलको मैदान भित्र जति चर्चा हुन्छ । त्यो भन्दा धेरै चर्चा मैदान बाहिर हुनेगर्छ । अघिल्लो महिना अखिल नेपाल फुटबल संघ (एन्फा) को गल्तीको कारण रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाए बाट नेपाली फुटबल केही समय मैदान बाहिर निकै चर्चामा रह्यो । केही दिनअघि मात्र नेपालको महिला टोलीले भारतको सिलगुढी पुगेर साफ च्याम्पियनसिपमा भाग लिएर फर्कियो । सिलगुढी जानुअघि जुन चर्चा महिला टोलीले पाउला भन्ने अपेक्षा थियो, भारतसँग सेमिफाइनलमा हारेसँगै तात्न खोजेको मौहोल सेलायो ।

तर, अहिले केही महिनायता चर्चा मैदान बाहिर भन्दा भित्रकै छ । केहि सहरमा हुने गोल्डकपले देशको फुटबल चलायमान देखिएको छ, सिमित मात्रामा भएपनि । २०७० मा ए डिभिजन लिग र २०७१/७२ मा राष्ट्रिय लिग भएयता न ए डिभिजन लिग हुन सकेको छ, न राष्ट्रिय लिग नै । नेपाली फुटबलको बिकास गर्छु भनि जिम्मा लिएर बसेका कहिले भ्रष्टचारको आरोपमा निलम्बन त कहिले गैर जिम्मेवारी कारणले चर्चामा आउदा नेपाली फुटबल झन् ओरालो लाग्ने संकेत देखिएपनि राष्ट्रिय टोलीका पछिल्ला केही सफलताले अझै पनि आशा गर्ने ठाँउ बाँकी छ ।
पूर्वमा अहिले एक पछि अर्को गोल्ड कप चलि रहेको छ । काँकरभिट्टामा गोल्डकप र फिदिममा फाल्गुनन्द गोल्ड कप संगसंगै चलिरहदा खेलाडी दिन दिनै खेली रहेका थिए । कहिले तराइमा त कहिले पहाडमा उनिहरुलाइ भ्याइ नभ्याइ छ । बर्षभरीको खेतीको बाली उठाउने शैलीमा उनीहरु मैदानमा सक्रिय छन् ।
ब्यस्त हुने खेलाडीहरुमा झापाका खेलाडी अग्रपक्तिमा छन् । कहिले काही उनीहरु नेपालमा मात्र होइन छिमेकी मुलुक भारतमा समेत खेल्न जाने गरेको छन् । कर्ण लिम्बु, थ्री स्टारबाट खेलिसकेका विजय धिमाल ,रोजिन धिमाल, देबेन्द्र तामाङ, दीपक राई लगायतका नाम चलेका पूवेर्ली खेलाडी यतिखेर व्यस्त छन् । पूर्व फुटबलमय बन्दा पूर्वेली खेलाडी मात्र होइन पश्चिम र काठमाण्डौका खेलाडीहरु पूर्वमा भेटिनु स्वभाविक हो । विमल घर्ति मगर , निराजन खड्का ,हेमन गुरुङ , एलन न्यौपाने लगायतका खेलाडी पूर्वकै प्रतियोगितामा भेटिने खेलाडी हुन् ।

झापा ११ (फाइल तस्बिर -सुरेन दाहाल)
यसरी गोल्ड कपबाट खेलाडीलाई केही आर्थिक टेवा त पुग्ला, तर यसरी बढेको भबिष्य बिनाको गोल्डकपहरुले फुटबलमा व्यवसायिकता कायम गर्न कठिन छ । च्याउ उर्मे सरह गोल्डकप हुँदैमा नेपाली फुटबलले विकास गर्र्यो भन्न मिल्ला ? भबिष्यको टुंगो नभएका गोल्डकपले मात्र फुटबलको विकास गर्छ भन्ने छैन । राजधानीमा गतिविधि शून्य जस्तै हुँदा चर्चाका हिसाबले भने गोल्डकपले राम्रै भूमिका निर्वाह गरेको छ ।
लिग नहुदा व्यवसायिक भनिएका कुनै क्लबले खेलाडी अनुबन्ध गरेका छैनन् । दिनै पिच्छे क्लब फेर्दै खेलाडिहरु फुटबल खेल्न बाध्य छन् । पौष १६ गते पाँचथरमा कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङबाट फुटबल खेलेका बिजय धिमाल खेल सकिए लगतै काँकरभिट्टा तर्फ रुपन्देहि ११ को लागि खेल्न झापा ओर्लिए । दिपक राई ,हेम गुरुङ लगायतका टिम झापा झरे । पौष १६ गते काँकरभिट्टामा झापा ११ बाट खेलेका कर्ण लिम्बु १७ गते बिर्ता युनाइटेडको नामबाट फुटबल खेल्न पाँचथर आए । यी त केही उदाहरण मात्रै हुन्, यस्ता खेलाडीको सुचि लामै बन्छ । खेलाडीले न त पर्याप्त आराम पाएका छन् ।
यसो हेर्दा खेलाडीहरु एक पछि अर्को खेल र क्लब बाट फुटबल खेल्दा आर्थिक रुपमा थोरै फाइदा होला, तर खेलाडीले पर्याप्त आराम नपुग्दा त्यसको चर्को मुल्य चुकाउनु पर्ने हुनसक्छ । समान्यता फुटबलमा ४८ घन्टाको आराम खेलाडीलाई आवश्यक पर्छ भन्ने छ। तर, हामीका २४ घन्टा भन्दा कम समयमा खेलाडी मैदानमा उत्रेको थुप्रै उदाहरण छन् । अहिले आर्थिक रुपमा केहि सबल बने पनि यसरि खेलेर भबिष्य नरहेको फाल्गुनन्द गोल्ड कपमा भेटिएका एक खेलाडिले गुनासो पोखे । उनले खेलाडी ब्यस्त जस्तो देखिए पनि क्लबहरुले राम्रो पारिश्रमिक नदिएको बताए ।
एन्फाका पूर्व अध्यक्ष गणेश थापाको पतन र खेलमिलेमतोको प्रकरण पछि नेपाली फुटबलले अहिले केहि गति लिएको छ । एक पछि अर्को उपाधि जितेर देशको शिर ठाडो पार्ने काम गरेको मात्र गरेको छैन, अझै सफलता पाउन सकिन्छ भन्ने आशा सञ्चार गरेको छ । एक तरिकाले भन्ने हो भने अहिले नेपाली फुटबल तातिएको छ ।
जितेर आए सम्मान र पैसाको घोषण गरेरमात्र नेपाली फुटबलको बिकास भयो भन्नु केहि दिनको रमाइलो मात्र हो । कुनै बेला हामी भन्दा पछि रहेको भुटानले अहिले यति ठुलो फड्को मार्दा नेपाली फुटबलको समिक्षा गर्न जरुरी छ कि छैन ? देशमा लिग हुन छाडेको छ , देशका सिमित केही सहरमा हुने गोल्ड कपले कहिले सम्म नेपाली फुटबल धान्ला ? यो प्रश्न नेपाली फुटबलको व्यवस्थापन र विकासको जिम्वेवार लिएर बसेका सरोकारवाला संग गर्न चाहान्छु । दुइ बर्ष देखि लिग सञ्चालन हुन सकेको छैन । यो बर्ष पनि हुने नहुने अझै कुनै टुंगो छैन , यही अवस्था रहे नहुने सम्भावना बढी छ ।
पछिल्ला सफलताले नेपाली फुटबल विगतमा गलत नेतृत्वको कारण पछि परेको भन्न सकिएला । तर आउने दिनमा पुरानो नेतृत्वलाई दोष थोपरेर अहिलेको नेतृत्व उम्कन पाउदैन । अहिलेको नेतृत्वलाई फुटबलको सफलता जोगाइ राख्ने चुनौती पहाडकै रुपमा खडा छ । देशमा अन्तराष्ट्रिय स्तरको एउटा खेलमैदान छैन ,भएको खेलमैदान खेल्न लायक छैनन् । अहिलेको एन्फा नेतृत्व केहि सफलताले दंग परेर बस्ने हो असफलता निश्चित प्राय छ । यो सफलताबाट उत्साहित हुनेमात्र होइन, यो साखलाइ कसरी जोगाउन सकिन्छ भन्ने योजना र त्यहि अनुसारको कार्यक्रम ल्याउनमा ढिलाई गर्नु हुन्न ।
पुरस्कार घोषण गर्न आतुर हुने सरकारलाई भौतिक पूर्वाधार निमार्णका लागी तयार पार्न एन्फाले भूमिका खेल्नै पर्दछ । केहि सहरमा हुने गोल्डकप आयोजनालाई स्वीकृत दिएर एन्फाको जिम्मेवारी पुरा हुँदैछ । महिला र पुरुष दुवैका लागि ग्रासरुट कार्यक्रम ,युवा परियोजना, लिग,राष्ट्रिय टोलिको तयारी पुरा गर्न सक्दामात्र एन्फा हुनुको अर्थ रहन्छ । एन्फाको नेतृत्वले एउटा पाटो मात्र होइन फुटबलको सबै पक्षलाई उत्तिकै महत्व र ध्यान दिनु पर्छ । । फुटबल बिकासको लागि लिग सञ्चालनका लागि सरोकारवाला सबैको ध्यान जाओस् ।
जय नेपाली फुटबल
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]