default_image

2 years ago

July 1, 2023

भारत साफ च्याम्पियनसिपको फाइनलमा

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लेवननलाई टाइब्रेकरमा ४–२ ले हराउँदै भारत उपाधि रक्षाको नजिक पुगेको छ । भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ । यसअघि बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको थियो ।

बैंगलरुको कान्तिरभा रंगशालामा शनिबार निर्धारित समय र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रकेरमा धकेलिएको थियो । पेनाल्टीमा भारतका सबै ४ खेलाडीले गोल गर्दा लेवननका दुई खेलाडी गोल गर्नबाट चुकेका थिए ।

लेवननका कप्तान हसन माटुकको पहिलो प्रहारलाई नै भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले रोकेका थिए । चौथो पेनाल्टीमा खलिल बदरको प्रहार आकाशिएको थियो । वालिद स्वर र मोहम्मद सादेक मात्र लेवननका लागि पेनाल्टीमा गोल गर्न सफल भए । भारतका लागि भने कप्तान सुनिल क्षेत्री, अनवर अली, महेश सिंह र उदान्त सिंहले गोल गरेका थिए । निर्धारित समय र थप समयमा दुबै टोलीले गोलका लागि अवसर पाएपनि सफलता भने प्राप्त गर्न सकेनन् ।

सन् १९९५ पछि पहिलो पटक टाइब्रेकरमा पुगेको सेमिफाइनलमा यसपटक पनि भारतनै सफल भएको थियो । त्यति बेला पनि बंगलादेशलाई ४–२ ले हराउँदै भारत फाइनल पुगेको थियो । भारत र कुवेतबीच मंगलबार फाइनल खेल हुने छ । समूह चरणमा भारत र कुवेत एकै समूहमा थिए । समूह चरणको अन्तिम खेल १–१ को बराबरीमा टुंगिएपछि कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनल पुगेको थिए ।

समूह चरणमा भारत र कुवेत दुबैले नेपाल र पाकिस्तानलाई हराएका थिए । साफको १४ औं संस्करणमा आइपुग्दा भारत नवौं पटक उपाधि जित्ने प्रयासमा हुनेछ । दक्षिण एसिया बाहिरका कुवेत र लेबननले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिएका हुन् । भारत सन् २००३ बाहेक सबै संस्करणको फाइनल खेल्दै आएको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.