2 years ago
July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताएका छन् ।

एपिएफका ११ खेलाडी प्रशिक्षणमा फर्केपछि ३ दिनको प्रशिक्षण गराएका थापाले बंगलादेशको महिला टोली बलियो रुपमा प्रस्तुत भएपछि दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको बताएका छन् ।
‘भारत र नेपाल महिला फुटबलमा पहिला देखि नै बलिया टोली हुन् । महिला फुटबलमा ग्रासरुटबाटै विकास गर्ने प्रयास गरेको बंगलादेश पछिल्लो समय बलियो बनेको छ,’ थापाले भने, ‘यो दक्षिण एसियाका लागि सकारत्मक पक्ष हो । हामीले दक्षिण एसिया भन्दा अघि बढ्नका लगि यो क्षेत्रमा अझै प्रतिस्पर्धा बढ्न आवश्यक छ ।’
गत वर्ष फाइनलमा दशरथ रंगशालामा नेपाललाई ३–१ ले हराउँदै बंगलादेश पहिलो पटक महिला साफ च्याम्पियनसिपको विजेता बनेको थियो । हामी साफ च्याम्पियनसिपमा हारेका थियौं । ‘यसपटक दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछौं,’ थापाले भने, ‘यो हाम्रा लागि त्यो हारको बदला लिने मौकाका रुपमा लिएका छौं । हामी सफल हुन्छौं भन्नेमा आशावादी छौं ।’
बंगलादेशलाई हराउन सक्ने आधार प्रस्तुत गर्ने क्रममा थापाले अगाडि भने, ‘मैले पहिला देखि नै भन्दै आएको छु । अहिलेको महिला टोली भनेको गोल्डेन पुस्ता हो । त्यसमाथि अहिले सावित्रा भण्डारी सम्बा चोटमुक्त भएर फर्केपछि लयमा छिन् । त्यो हाम्रा लागि राम्रो पक्ष हो । सबै हिसाबले हामी बंगलादेशलाई पराजित गर्न सक्षम छौं ।’
नेपाली टोली मंगलबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ । नेपाल बंगलादेशबीचको पहिलो खेल असार २८ गते र दोस्रो खेल असारा ३१ गते हुनेछ । बंगलादेशबाट फर्केपछि महिला टोली पुनःएयिसाली खेलकुदको तयारीमा जुट्नेछ । एसियाली खेलकुदको महिला टोलीलाई भने बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन् ।
नेपाली महिला फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा
मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (
गोलकिपर प्रशिक्षक)
व्यवस्थापक – विन्द्रा देवान
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]