2 years ago
July 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)– दुई मैत्रीपूर्ण खेललाई नेपाली महिला राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटल संघ (एन्फा) ले सोमबार विदाई गरेको छ ।

साफ च्याम्पियनसिपको फाइनलपछि झण्डै दश महिना पछि नेपाल र बंगलादेशको महिला टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको छ । दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । फिफा डेटमा हुन लागेको मैत्रीपूर्ण खेल असार २८ र ३१ गते हुनेछ ।
साफ च्याम्पियनसिपमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले यसअघि नै बताएका छन् । नेपाली टोली मंगलबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ । बंगलादेशबाट फर्केपछि महिला टोली पुनःएयिसाली खेलकुदको तयारीमा जुट्नेछ ।

एसियाली खेलकुदको महिला टोलीलाई भने बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन् । मैत्रीपूर्ण खेलले एसियाडको तयारीलाई पनि फाइदा पुग्ने विश्वास प्रशिक्षक थापाले लिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायत एन्फा पदाधिकारीले टोलीको विदाई गरेका थिए ।
नेपाली महिला फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा
मिडपिफल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (
गोलकिपर प्रशिक्षक)
व्यवस्थापक – विन्द्रा देवान
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]