9 years ago
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पोखरामा अर्को साता सुरु हुने आहा रारा गोल्ड कप फुटबलमा भाग लिन नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रलय राजभण्डारीको कप्तानीमा युएसए नेपाल सकर टिम शनिबार साँझ नेपाल आइपुग्ने भएको छ । दुई दिनको बसाईंपछि टोली पोखरा जाने प्रलयले जानकारी दिए ।

टोलीमा १८ खेलाडी, दुई प्रशिक्षक कुमार शेरचन र सुरज थापा तथा व्यवस्थापकमा मेदिनी अधिकारी रहेका छन् । टोलीमा रहेका खेलाडी ३ विदेशी हुन् भने बाँकी नेपाली खेलाडी हुन् । नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी उमेश प्रधानको नेतृत्वमा खेलाडी छनोट गरि सकर टिम तयार पारिएको थियो । शनिबार खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरेर १७ जना आइपुग्ने र बाँकी कप्तान ६ खेलाडी दुई दिनपछि नेपाल आउने प्रलयले बताए ।
टोलीको अन्य खेलाडीमा रोशन घिमिरे, रोशन देवकोटा,तेनिस कटुवाल, उमेश पाण्डे, सौरन राउत, किरण लामा र एडम एग्रो छन् । त्यस्तै प्रतिक सिंह, विज्ञान श्रेष्ठ, निश्चल पण्डित, विवेक तामाङ, पारु हाङ लिम्बु, रविन सुब्बा, प्रदीप खड्गी, जोनाथन जोग्रेट र शीषिर विश्वकर्मा पनि टोलीका सदस्य हुन् ।
आहा रारा गोल्डकपको १५ औं संस्करण मंगलबार पोखरा रंगशालामा सुरु हँदैछ । आयोजक सहारा क्लबले गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । माघ १५ गते सम्म हुने प्रतियोगिताको खेल तालिका केही दिनमा सार्वजनिक हुने क्लबले जनाएको छ । आहा रारा गोल्डकप खेल्न अमेरिकाबाट कुनै पनि टोली आउन लागेको यो पहिलो पटक हो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]