9 years ago
January 12, 2017
धनगढी (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । धनगढी रंगशालामा बिहीबार भारतको दिल्ली युनाईटेडलाई ३–१ स्तब्ध हराउँदै मनाङ फाइनल पुगेको हो । मनाङलाई जित दिलाउन कप्तान अनिल गुरुङले २ र ओलावाले आफिजले १ गोल गरेका थिए ।

खेलमा अग्रता भने दिल्लीले लिएको थियो । दिल्लीका लागि थोपीले दोस्रो मिनेटमै गोल गरेका थिए । तर टोलीले अग्रतालाई ५ मिनेटपनि जोगाउन सकेन । ७ औं मिनेटमा मनाङका अनिलले बराबरी गोल फर्काए । पहिलो हाफमै मनाङले अर्को गोल गर्यो र २–१ को अग्रता बनायो । दोस्रो गोल आफिजले पहिलो हाफ हुन १ मिनेट बाँकी रहँदा गरेका थिए ।
आक्रमणलाई दोस्रो हाफमा पनि जारी राखेको मनाङका लागि अनिलले खेल सकिन १ मिनेट बाँकी रहँदा अर्को गोल गरे टोलीको जित निश्चित पारे । म्यान अफ दी म्याच बनेका अनिलले ५ हजार रुपैयाँ प्राप्त गरे । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले राम्रो खेलेर नतिजा आफ्नो पक्षमा पारेको र अझै गोल गर्ने अवसरलाई पनि भने दिल्लीका गोलकिपर सन्जु थापाले सफल हुन नदिएकोब ताए । मनाङका कप्तान अनिलले उपाधि जित्ने विश्वास व्यक्त गर्दै सेमिफाइनलकै प्रदर्शनलाई दोहोरोउने प्रतिबद्धता गरे ।
दिल्लीका प्रशिक्षक क्लेवसन वारतेले आफुहरुले केही मौका गुमाएको र विपक्षीले स्तरीय खेलका कारण नतिजा निकाल्न नसकेको बताए । दिल्लीका कप्तान डन लोप्चाले प्रदर्शन सन्तोषजनक भएपनि अग्रता जोगाउन नसक्दा हार्नु परेको बताए ।
सुदूरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।
खप्तड गोल्डकपमा शुक्रबारको सेमिफाइनल
सुदूरपश्चिमाञ्चल ११ विरुद्ध सिएमजी क्लब संकटा
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]