default_image

2 years ago

July 26, 2023

मेस्सी चम्कँदा मायमी नकआउट चरणमा

574 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा इन्टर मायमी एटलान्टा युनाइटेडलाई पराजित गर्दै लिग्स कप २०२३ को नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न खेलमा मायमीले ४-० को जित हासिल गर्दै साउथ समूह ३ को विजेता बनेको हो । मायमीको जितमा पहिलो पटक सुरुवाती रोजाइमा खेलेका फरवार्ड मेस्सीले २ गोल र १ असिस्ट प्रदान गरे । उनले पहिलो हाफमै २ गोल गरेका थिए ।

यस जितसँगै मायमी समूह विजेताको रुपमा लिग्स कपको राउन्ड अफ ३२ मा प्रवेश गरेको छ । मायमीको २ खेलमा ६ अंक छ । अब समूहको अन्तिम खेलमा क्रुज अजुल र एटलान्टा युनाइटेडले उपविजेता बन्दै अर्को चरण पुग्न प्रयास गर्नेछन् ।

खेलको आठौँ मिनेटमा मेस्सीले गोलको खाता खोले । सर्जियो बुस्केट्सको लामो पासलाई पेनाल्टी क्षेत्र भित्र लग्दै गरेको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा मेस्सीले पुन:विपक्षी खेलाडीभन्दा अघि पुगेर सहज फिनिस गरे ।

२२ औं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । उनले आफैं मिडफिल्डबाट सुरु गरेको मुभलाई फिनिस गरेका थिए । रोबर्ट टेलरको लो क्रसलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।

४४ औं मिनेटमा टेलरले मायमीलाई ३-० ले अघि बढाए । मेस्सीको पासमा बेन्जामिन क्रेसान्सीले दिएको फ्लिकमा टेलरले सुन्दर भलीमार्फत गोल गरेका थिए । ५४ औं मिनेटमा मेस्सीको पासमा टेलरले व्यक्तिगत दोस्रो गोल गरे ।

८४ औं मिनेटमा एटलान्टाले सान्त्वना गोल फर्काउने अवसर पाएको थियो । क्रिस्टोफर मकेभीले पेनाल्टी क्षेत्रभित्र फल गर्दै रातो कार्ड पाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनी मिडफिल्डर थियागो अल्माडाको प्रहार गोलरक्षक ड्रेक क्यालेन्डरले जोगाए ।

कस्तो प्रतियोगिता होल लिग्स कप ?

अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दछन् ।

त्यसमध्य अमेरिकाको च्याम्पियन लस एन्जेलस एफसी र मेक्सिको पचुकाले प्रतियोगिताको नकआउट चरण पुग्न बाइ पाएका छन् । एक महिना चल्ने यस प्रतियोगिताको फाइनल अगष्ट १९ मा हुनेछ ।

सहभागी ४७ मध्य ४५ टोलीलाई ३-३ टोलीको १५ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । यी ३० टोली र नकआउट चरणमा बाइ पाएका टोली समेटेर राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गर्नेछन् ।

मेस्सी सम्मिलित इन्टर मायमी दक्षिण ३ समूहमा रहेको छ । यो समूहमा मेक्सिकोको क्रुज अजुल र अमेरिकाको एटलान्टा युनाइटेड एफसी रहेका छन् ।

सन् २०१९ देखि सुरु भएको यस प्रतियोगिताको पहिलो उपाधि मेक्सिकोको क्रुज अजुलले जितेको थियो । सन् २०२० मा कोभिड संक्रमणका कारण हुन नसकेको प्रतियोगिता २०२१ मा मेक्सिकोकै क्लब लिओनले जितेको थियो । सन् २०२२ मा सम्भव नहुँदा यसपटक भने सबै टोली सहभागी हुँदैछन् ।

लिग्स कपको शीर्ष ३ मा पर्ने टोलीले कन्काकाफ च्याम्पियन्स कपमा छनोट हुनेछ । यो प्रतियोगिता उत्तर, मध्य र क्यारेबियन क्षेत्रको शीर्ष क्लब प्रतियोगिता हो । युरोपमा हुने युरोपेली च्याम्पियन्स लिगजस्तै मेजर लिग सकरका क्लबले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् ।

सन् २०२० देखि आधिकारिक रुपमा प्रतिस्पर्धामा उत्रिएको मायमीलाई पहिलो उपाधि दिलाउने अवसर पनि मेस्सीसामु छ । अर्जेन्टिना र बार्सिलोनामा सँगै काम गरेका प्रशिक्षक जेरार्डो मार्टिनोसँग मेस्सीलाई नयाँ इतिहास रच्ने अवसर रहेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.