default_image

2 years ago

July 26, 2023

रिचार्लीसनको ह्याट्रिकमा टोटेनहम विजयी

332 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड रिचार्लीसनले दोस्रो हाफमा गरेको ह्याट्रिकको सहयोगमा टोटेनहम हट्सपरले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सिंगापुरको लायन सिटी सेलर्सलाई हराएको छ ।

सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा टोटेनहमले ५-१ को जित निकालेको हो । खेलमा स्थानीय टोलीले अग्रता लिएपनि टोटेनहमले दोस्रो हाफमा ४ गोल गर्दै फराकिलो जित हासिल गरेको हो ।

खेलको १४ औं मिनेटमा सेलर्सका लागि अनुआरले अग्रता दिलाएका थिए । उनले स्थानीय टोलीको पहिलो आक्रमणलाई नै गोलमा परिणत गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा टोटेनहमले बराबरीको अवसर पायो । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफमा टोटेनहमले पहिलो रोजाइका सबै खेलाडी परिवर्तन गरेको थियो । दोस्रो हाफको सुरुवाती समयमा नै टोटेनहमले लगातार गोल गर्यो । घरेलु टोलीको डिफेन्सको गल्तीमा रिचार्लीसनले ४८ औं र ५१ औं मिनेटमा गोल गरे ।

७१ औं मिनेटमा अर्जेन्टिनी मिडफिल्डर जिओभानी लो सेल्सोले गोल गर्दै अग्रता फराकिलो पारे । इन्ज्युरी समयको पहिलो मिनेटमा रिचार्लीसनले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

टोटेनहमको पछिल्लो मैत्रीपूर्ण खेल वर्षाका कारण रद्द भएको थियो । थाइल्याण्डमा लेस्टरविरुद्ध हुनुपर्ने खेल वर्षाका कारण मैदानमा पानी जमेपछि हुन सकेको थिएन । टोटेनहमले प्रि सिजनमा अब शाख्तर डोनेस्क र बार्सिलोनासँग खेल्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.