2 years ago
July 27, 2023
एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले बार्सिलोनाको पोस्टमा गोलवर्षा गरेको छ । खेलमा अग्रता लिएपनि बार्सिलोना दोस्रो हाफमा कमजोर हुँदा ५-३ ले पराजित भएको हो ।

पहिलो हाफ २-२ को बराबरीमा सकिएपछि दोस्रो हाफका लागि बार्सिलोनाले सुरुवाती रोजाइका सबै खेलाडी परिवर्तन गरेको थियो । त्यसपछि आर्सनलले ३ गोल गर्दा बार्सिलोनाले १ गोल मात्र गर्न सक्यो ।
खेलको सातौं मिनेटमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाए । गोलरक्षक आरोन राम्सडेलले बचाउ गरेर फर्किएको बललाई लेवान्डोस्कीले गोलमा परिणत गरेका थिए ।
१३ औं मिनेटमा आर्सनल बुकायो साकाको गोलसँगै बराबरीमा फर्कियो । पेनाल्टी क्षेत्रभित्र डिफेन्सले गरेको गल्तीमा उनले वन भर्सेस वनको स्थितिबाट गोल गरेका थिए । तर त्यसपछि प्राप्त पेनाल्टीमा भने उनले गोल गर्न सकेनन् ।
३४ औं मिनेटमा ब्राजिलियन राफिन्हाले बार्सिलोनालाई अघि बढाए । उनको फ्रिकिक वालमा लाग्दा गोलरक्षक राम्सडेल झुक्किएपछि गोल भएको थियो ।
आर्सनलका लागि काइ हाभर्ट्जले पहिलो हाफको २ मिनेट बाँकी रहँदा गोल गर्दै खेल बराबरी गरे । उनले ६ यार्ड बक्स भित्रबाट बललाई पोस्टको दिशा दिएका थिए ।

लिआन्द्रो ट्रोसार्डके ५५ औं मिनेटमा आर्सनललाई अघि बढाए ।काउन्टर अट्याकमा उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक इनाकी पेना बिट भएका थिए ।
ट्रोसार्डले ७८ औं मिनेटमा अग्रता दोब्बर पारे । किएरन टिएर्नीको क्रसमा पहिलो टचमा फिनिस गर्दै उनले आर्सनललाई ४-२ ले अघि बढाए ।
८८ औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गरेपनि त्यसको एक मिनेट पछि नै फाबिओ भिएराले आर्सनलका लागि अर्को गोल थपे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरे ।
बार्सिलोनाले अब प्रि सिजनमा रियल म्याड्रिडसँग जुलाई ३०, एसी मिलानसँग जुलाई २ र टोटेनहमसँग अगस्ट ८ मा खेल्नेछ ।
आर्सनलले भने अगस्ट २ मा मोनाकोसँग खेलेपछि अगस्ट ६ मा कम्युनिटी सिल्डका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]